नवनियुक्त प्रधानन्यायाधीशको कार्यकाल डेढ वर्ष
नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई सपथ गराउनुभएको छ ।
विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, मन्त्रीहरु लगायतको उपस्थिति रहेको बताइन्छ ।
यसअघि सर्वोच्चको वरिष्ठतम न्यायाधीश रहनु भएका राउत संवैधानिक परिषद्को सिफारिस र संसदीय सुनुवाई समितिको अनुमोदनपछि संविधानको धारा १२९ को उपधा…