बढ्दै बालेनको मनोमानी, काठमाडौंको कर ‘बालुवामा पानी’
निर्वाचित भएदेखि नै तानाशाह पारा देखाइरहेका काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) साहले कार्यालयमा आफ्नो लागि मात्रै छुट्टै लिफ्ट बनाएको पाइएको छ । महानगरबासीले तिरेको कर पानीझैं बगाइरहेका उनले व्यक्तिगत प्रयोगका निम्ति राजशी ढाँटसहित काठमाडौं प्लाजामा छुट्टै लिफ्ट जडान गराएका हुन् ।
स्रोतका अनुसार सो लिफ्ट उनको बूढीऔंलाको छापबाट मात्र चल्छ । सर्वसाधारण या अन्य कुनै कर्मचारी सो लिफ्ट चढेमा माथि उक्लिँदै उक्लिँदैन । महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले भने स…