राजमार्गको दुरावस्था, यात्रुलाई सास्ती
गत असोज दोस्रो साता आएको बाढीपहिरोले बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) मा ठूलो क्षति पुग्यो । रोशी खोलाको बाढीले राजमार्गमा क्षति पुगेपछि अहिले यात्रुहरुले सास्ती भोग्नु परेको छ ।
राजमार्ग क्षतिग्रस्त र निर्माण गरिएको डाइभर्सन सडक पनि कच्ची र धुलाम्मे हुँदा विशेष गरी कटुञ्जेवेशी, मंगलटार, नेपालथोक क्षेत्रमा दैनिक यात्रा गर्ने यात्रुहरु मारमा परेका छन् । राजमार्गको विभिन्न खण्ड पुनर्निर्माणका निम्ति साढे नौ अर्ब बढी रुपैयाँ लाग्ने अनुमान छ ।
…