समाचार

विद्युतीय गाडी बिजुलीको पोलमा दुर्घटनाग्रस्त

ललितपुरको कोपुन्डोलमा एउटा विद्युतीय कार दुर्घटना भएको छ । आज बिहान ५ बजेको समयमा भएको कारको अघिल्लो भाग क्षतिग्रस्त भए पनि चालक सकुशल रहेको बताइएको छ । बागमती प्रदेश ०१–०२९ च ४२८२ नम्बरको कार सडक छेउको बिजुलीको पोलमा ठोक्किको हो । विद्युतीय गाडीका कारण बिजुलीको पोल नै भाँच्चिएको छ । प्रहरीका अनुसार कार चालक सञ्जीव जोशीले मापसे गरेको पाइएको छ । ललितपुर सातदोबाटोका ४५ वर्षीय जोशीलाई गाडीभित्रको एअरब्यागले जोगाएको हो ।

Page 1 of 1056