साहित्य

बजारमा ‘चिहानमाथि महल बनाइरहेको मान्छे’

युवापुस्ताका सशक्त कवि घनश्याम अस्तित्वको नयाँ कृति ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ (कविता संग्रह) सार्वजनिक भएको छ ।  कृतिलाई कविहरु श्यामल अधिकारी, राधिका कल्पित र सुरज राणाले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । शिक्षक पेशामा समेत आवद्ध रहेका कवि अस्तित्वले आफ्नो कृतिमा पूरानो तथा नयाँ गरेर ६६ वटा कविता संग्रहित भएको बताए ।  प्युठानमा जन्मिएका अस्तित्वले लामो समयदेखि ग्रामीण तथा मोफसल परिवेशको भोगाइ र वर्तमान राजनीतिक अवस्थालाई चि…