चर्चित उपन्यास ‘फिरफिरे’ बाट ‘मुनमुन’ बनाइँदै

चर्चित उपन्यास ‘फिरफिरे’ बाट ‘मुनमुन’ बनाइँदै

साहित्यकार तथा लेखक बुद्धि सागरको दोस्रो उपन्यास ‘फिरेफिरे’ बाट नाटक मञ्चन गरिने भएको छ । उनको चर्चित उपन्यास ‘फिरफिरे’ बाट प्रेरित भएर ‘मुनमुन’ नाटक प्रदर्शन गरिने बताइएको छ । नाटकको लेखन तथा निर्देशन सम्राट भुजेलले गरेका छन् । श्रीसेस श्रेष्ठको सह–निर्देशनमा तयार पारिएको नाटकमा किशोर महर्जनको संगीत रहेको छ । 

मनीषा ओझा, प्रविन खरेल, सन्तोष गिरी, प्रशंसा सिवाकोटी, दिग्गज खत्री, सृष्टि महर्जन, दीपेश गजुरेल, अरुण शाह, सवि थापा, रिता साइजु, भुवन लुहार, मनोज पोखरेल, किशोर थापा, विशाल बुढाक्षेत्रीलगायतले नाटकमा अभिनय गर्नेछन् ।

राजधानीको थापागाउँस्थित मण्डला नाटकघरमा आगामी बिहीबारदेखि नाटक मञ्चन हुनेछ । फागुन २० गतेसम्म चल्ने नाटक सोमबारबाहेक हरेक दिन साँझ सवा ५ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ । 

तर शनिबार दिउँसो साँढे १ र साँझ सवा ५ बजे गरेर दुई शोमा नाटक देखाइनेछ ।

टिप्पणीहरू