एमाले अध्यक्ष ओलीद्वारा पूर्व रास्ट्रपतिको बाटोमा तगारो, विवाद झन बल्झियो
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक समापनका क्रममा लामो मन्तब्य राख्दै पूर्व रास्ट्रपतिले २ बर्षअगाडि नयाँ बर्षका अवसरमा नविकरण गराइसकेको सदस्यतालाई मान्यता नदिने एकल फैसला सुनाएका छन् ।
उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेसहितले तत्कालै सो को कडा प्रतिवाद गर्दागर्दै पनि तनाव र बिबादका वीच पेलेरै आफ्नो इच्छा लाद्ने काम भएको छ । एउटा कम्युनिस्ट पार्टीमा आलोचना र आत्मालोचना अनि सामुहिक निर्णय र जनताको बहुदलीय जनवादको मूल सैद्धान्तिक अवधारणा अर्थात प्रतिस्पर्धाको बिधिलाई यहाँ पनि हुकुमी शैलीमा कुल्चने काम भएको भनी असन्तुष्टिका स्वरहरु उठ्न थालेका छन् । मन्तव्यका क्रममा ओलीले बिद्या भण्डारीको चर्को आलोचना गरेको पाइएको छ ।
'पार्टी विधानको धारा ८ र ९ अनुसार पूर्वराष्ट्रपतिको संगठित सदस्यता नवीकरण गरेको कुरा नै त्रुटिपूर्ण छ’, काशीनाथ अधिकारी नेतृत्वको सँगठन बिभागले २ बर्ष पहिले नै गरेको सदस्यता नविकरण अमान्य हुने आफ्नो एकल फैसला सुनाउँदै ओलीले पार्टीले अर्थात आफूले निर्णय नगरेसम्म नवीकरण हुन नसक्ने घोषणा गरेका छन् ।’
टिप्पणीहरू