स्वर्गवासको वर्ष दिनपछि डा. सुदीपको ‘क्रान्ति’, भगवान सम्मानित

स्वर्गवासको वर्ष दिनपछि डा. सुदीपको ‘क्रान्ति’, भगवान सम्मानित

मनोचिकित्सक स्वर्गीय डा. सुदिप अर्यालको औपन्यासिक कृति ‘क्रान्ति’ को लोकार्पण गरिएको छ । अर्यालको निधन भएको वर्ष दिनपछि पुस्तक बजारमा ल्याइएको हो ।

अस्ति राजधानीमा आयोजित कार्यक्रममा ‘क्रान्ति’ को विमोचन गर्नुका साथै अर्यालको स्मरणमा स्थापना गरिएको ‘डा. सुदीप अर्याल सामाजिक रुपान्तरण पुरस्कार’ बाट प्रख्यात हृदयरोग विशेषज्ञ डा. भगवान कोइरालालाई सम्मानित गरिएको छ । डा. अर्यालका मातापिता सरस्वती अर्याल र पूर्णप्रसाद अर्यालले स्मृति कोषको स्थापना गर्दै पहिलो पटकको पुरस्कार डा. कोइरालालाई हस्तान्तरण गरेका हुन् । 

पेज टर्नर प्रालिका अध्यक्ष भरत पौडेल र पर्वतीय साहित्य समाजका अध्यक्ष प्रतिक ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलले डा. सुदीप ‘क्रान्ति’ उपन्यास र उनको नामको पुरस्कार जीवित रहेको बताए । 

त्यस्तै, उपन्यासकी नायिका रिंकू वाग्ले क्रान्तिले समाजका धेरै पात्र आफ्रनै धुनमा हराइरहेको बताइन् । उनले भनिन्, ‘केही पर्दा म छु भन्नु र विश्वास दिलाउनु फरक कुरा रहेछ । सुदिप दाजुले मलाई विश्वास दिलाउनुभयो र म यो अवस्थामा आइपुगें तर मैले उहाँलाई विश्वास दिलाउन सकिनछु । उहाँले आफ्नो समस्या भन्नु भएन ।’

कार्यक्रममा डा. अर्यालका गुरु प्रा.डा. विद्यादेव शर्मा, साहित्य क्षेत्रका बहुआयामिक व्यक्तित्व महेश पौडेलले पनि आआफ्नो मन्तव्य व्यक्त गरेका थिए भने डा. अर्यालकी माता सरस्वतीले उपन्यासमा लेखेको मन्तव्य सुनाएकी थिइन् ।

टिप्पणीहरू