कस्ता-कस्ता काम आइलाग्छन् कठै !

कस्ता-कस्ता काम आइलाग्छन् कठै !

मेयर ज्ञानेन्द्र सुवेदी, बेलबारी ३ का वडाध्यक्ष योगेन्द्र सुवेदीलगायतको रोहबरमा गरिएको वार्ताबाट सन्जयलाई माफी मगाइएको छ भने ताराले बेलबारीको ३ धुर जग्गा अंश दिएर श्रीमतीसँग डिभोर्स गर्नेगरी मौखिक फैसला भएको छ ।

बालुवाटारमा सचिवालय बैठक बसेर नेकपाको भाँडभैलो साम्य पारिएकै दिन मोरङमा त्यस्तै त्यस्तै शैलीमा नेकपाभित्रै अर्को अपराधजन्य रडाको साम्य पारिएको छ ।

नेकपाको जस्तो ठूलो परिघटना नभए पनि त्यही शैलीमा जनप्रतिनिधिकै अग्रसरतामा त्रिपक्षीय बैठक बसेर एउटा सामाजिक अपराधलाई गुपचुप पारिएको हो ।

आफू बिदेश रहँदा र फर्केपछि पनि बेलबारीका सन्जय सुवेदी र आफ्नी श्रीमतीवीच जोइपोइकै शैलीमा फेसबुक म्यासेन्जरमा कुराकानी भएको फेला पारेपछि सोही ठाउँका तारा डाँगीले केही दिनअघि सन्जयलाई स-प्रमाण फेसबुकबाट आफ्नी श्रीमतीको कान्छो पोइ घोषणा गरिदिएको बारे जनआस्थामा समाचार प्रकाशित भएको थियो ।

‘कान्छो पोइसँग श्रीमतीको रासलीला’ भन्दै श्रीमानले प्रमाण सार्वजनिक गरेपछि… शिर्षकमा समाचार प्रकाशन भएपछि खासगरी सन्जय र उनको परिवारमा बबण्डर मच्चिएको थियो । ताराको परिवारलाई सुवेदीहरुको झन् ठूलो पेलाइमा पारेर प्रहरीमा उजुरीसमेत गर्न दिइएको थिएन ।

शनिबार मेयर ज्ञानेन्द्र सुवेदी, बेलबारी ३ का वडाध्यक्ष योगेन्द्र सुवेदीलगायतको रोहबरमा गरिएको वार्ताबाट सन्जयलाई माफी मगाइएको छ भने ताराले बेलबारीको ३ धुर जग्गा अंश दिएर श्रीमतीसँग डिभोर्स गर्नेगरी मौखिक फैसला भएको छ । खाडीमा दुई चार साल बसेर फर्केका बिपन्न र निर्धा ताराले सहमति गराइएपछि मिडियामा खुलेर बोल्न त सकेका छैनन् तर नजिकका साथीभाइ र आफन्तहरुलाई आफू आन्यायमा परेको बताएका छन् । लिखित कागज नगरिएको भएपनि तारा सुवेदी परिवारको दबाबमा चुपचाप बसेका छन् ।

बैशाख २० गते दिउँसो बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीको अग्रसरतामा ताराकी श्रीमतीका माइती पक्ष,पीडित ताराको पक्ष र सन्जय सुवेदी पक्षलाई बेलबारीकै बिजय सुवेदीले संचालन गरेको ड्रीमल्याण्ड फनपार्कमा छलफलका लागि बोलाइएको थियो । निकै लामो गलफत्तीपछि मौखिक रूपमा गरिएको सहमतिलाई गोप्य राख्ने प्रयास गरिए पनि अर्काकी स्वास्नीसँग लागेर घरबार बिगार्नेलाई पहुँचवाला र हुनेखाने भएकै भरमा सितिमिति उन्मुक्ति दिने सहमति गराइएको भन्दै मानिसहरूले कुरा काट्न थालेका छन् । सन्जयले महिलालाई भित्रभित्रै फकाएर थुम्थुम्याएकोले केटी पक्षले निजलाई सजिलै उन्मुक्ति दिने हल्लासमेत चलेको छ तर सुवेदीहरुको डरले सार्वजनिक रूपमा कसैले बोल्न सकेका छैनन् ।

यो पनि पढ्नुहोस् :

https://45.77.42.28/?p=9352

टिप्पणीहरू