दाजु भाइमै समर्पित परम सुन्दरीको देह

दाजु भाइमै समर्पित परम सुन्दरीको देह

हलिउडकी प्रसिद्ध अभिनेत्री मर्लिन मुनरोको नाउँ नसुन्ने सायदै कोही होलान् । सन् १९५० र ६० तिर हलिउड सिनेमा क्षेत्रमा मात्र होइन सौन्दर्य, मनमोहक रूप, उत्तेजक हाउभाउले सिंगो अमेरिका र विश्वभरिका सिने दर्शकमाझ हलचल मच्चाउन सफल नायिका र गायिका उनी । यौन क्रान्तिको प्रतीक, धमाकेदार मोडल, यौनकी देवीजस्ता अनेकौँ उपनाम की धनी थिइन् । उनको मृत्युको रहस्य आज पनि सुल्झेको छैन, सन् १९६२ मा आत्महत्या गर्दा ३६ वर्षकी थिइन् । उनको शारीरिक सम्बन्ध अमेरिकाका लोकप्रिय राष्ट्रपति जोन एफ. केनेडी र उनका भाइ बबी केनेडीसित पनि थियो । त्यतिखेर उनको मृत्युलाई आत्महत्या नै भनियो तर कालान्तरमा केनेडी परिवारले नै हत्या गरेको तथ्य सार्वजनिक भयो । यद्यपि, यो तथ्य आजसम्म पुष्टि भएको छैन । अमेरिकी जासुसी संस्था सिआइएका पूर्व अधिकृत माइक रोथमिलरले दाबी गरेका छन् कि मुनरोको हत्या विशेष विषपानद्वारा गरिएको थियो । रोथमिलरका अनुसार उक्त विष सिआइएले नै तयार पारेको हो । उनका अनुसार मुनरोले केनेडी दाजुभाइसितको सम्बन्धबारे पर्दाफास गर्न गइरहेकी थिइन्, त्यसलाई रोक्न मुख्य न्यायाधिवक्तासमेत भइरहेका रोबर्ट उर्फ बबी केनेडीले विष दिएका हुन् । 

गरिब परिवारमा जन्मेकी मुनरोका पिता चाल्र्स गिफोर्ड हुन् । गिफोर्ड मुनरोकी आमा ग्लाडिस पर्ल मुनरो सँगै काम गर्ने केटा हुन् । ग्लाडिसका दुई जना लोग्नेबाट अरू पनि सन्तान थिए । मुनरो सानै हुँदा आमा ग्लाडिस मानसिक रूपमा विक्षिप्त बनिन् । त्यसबेला उनीहरू अभिनेता जर्ज र उनकी अभिनेत्री पत्नी मौड अत्किन्सनको घरमा बस्थे । ग्लाफ्डिसलाई मानसिक अस्पतालमा भर्ना गरेपछि मुनरो उनीहरूसँगै बसिन् । भनिन्छ, त्यहाँ उनी यौन हिंसाको शिकार बनिन् लगातार ४ वर्षसम्म । र, बल्ल १० वर्षको उमेरमा आमाका साथी ग्रेस गोडार्डकोमा बस्न गइन् । तर, त्यहाँ पनि ग्रेसका लोग्ने इर्विन डकले यौन दुव्र्यवहार गर्न थाले । यसपछिका कहिले कुन नातेदारको त कहिले कुन नातेदारकोमा बस्न थालिन् । सन् १९४२ को जुनमा १६ वर्ष टेक्नेबित्तिकै आफूभन्दा २१ वर्ष जेठो प्रहरी अधिकृत जेम्स डगर्थीसँग बिहे गरिन् । बिहेले पढाइ छुट्यो र कलिलो उमेरमै गृहिणी बन्न पुगिन् । सन् १९४४ मा लोग्नेको इच्छाविपरीत मोडलिङ पेशा अपनाइन् । र, सन् १९४७ देखि चलचित्रमा खेल्न थालिन् । पहिलो फिल्म थियो ‘डेञ्जर्स एअर्स’ । उनले कूल ३० वटा चलचित्रमा अभिनय गरिन् । रातारात निकै चर्चित बनिन् । सर्वत्र उनको रूप र यौवनको चर्चा हुन थाल्यो ।

सन् १९५३ मा उनीद्वारा अभिनीत ३ वटा चलचित्र रिलिज भयो । सेक्स सिम्बोलको रूपमा स्थापित भइन् । सबै अभिनेता, सबै नेता उनीप्रति फिदा हुन थाले । जोन एफ केनेडी पनि मुनरोको रूपमा मोहित थिए । जैकलिनसँग बिहे भइसकेको थियो तर उनी एक प्रेमिका र एक पत्नीमा सीमित भएर बस्ने स्वभावका थिएनन् । उनको सम्बन्ध प्रायः हलिउडका नायिकाहरूसित हुने गथ्र्याे । यसै कुरोलाई लिएर बिहे गरेको एक वर्ष नबित्दै कलह हुन थालिसकेको थियो । सन् १९५४ मा केनेडी म्यासाचुसेट्सबाट निर्वाचित सांसद थिए । मुनरो र केनेडीको पहिलो भेट त्यसैबेला भयो । एउटा रात्रिभोजमा अभिनेता तथा केनेडीका साढुभाइ पिटर लफोर्डले परिचय गराइदिए । तर, सो भेटघाट औपचारिकतामा सीमित रह्यो । दोश्रो भेट ३ वर्षपछि सन् १९५७ मा न्युयोर्कको डान्सक्लबमा भयो । तर, त्यसबेला केनेडी पत्नी जैकलिनसँग र मुनरो तेश्रो लोग्ने आर्थर मिलरको साथमा थिइन् । कार्यक्रममा हजारभन्दा बढीको सहभागिता थियो, त्यसैले पनि दुबैबीच मेलजोल सम्भव भएन । सन् १९६० को अन्त्यतिर मुनरो मिल्ने साथी तथा केनेडीकी बहिनी पैट लफोर्डको शान्ता मोनिकास्थित घरमा बस्न थालिन् । पैट अभिनेता पिटर लफोर्डकी पत्नी थिइन् । सन् १९६१ को अपृलमा लफोर्ड दम्पतीले मनोरञ्जनार्थ एउटा रात्रिभोजको आयोजना गरे । जसमा तत्कालीन महान्यायाधिवक्ता तथा केनेडीका भाइ रोबर्ट उर्फ बबी केनेडी, अभिनेत्रीद्वय मुनरो र किम नोभाकलाई पनि बोलाइएको थियो ।

राति पैट र मुनरो बबीको कोठामा पसे । पैटको योजना थियो – बबीको दायाँ–बायाँ मुनरो र किमलाई राख्न पाए मजा आउँछ । बबी रक्सीले मातिसकेका थिए । उनी मुनरोप्रति मुग्ध भए र भोजनपश्चात् तानेर शयनकक्षमा लगे । दुवै जना आलिंगनमा व्यस्त भए । अर्को वर्ष लासभेगासमा मुनरोको भेट केनेडीकी अर्की बहिनी जिन केनेडी स्मिथसँग भयो । पैट पनि सँगै थिइन् । अप्रिलमा मुनरो न्युयोर्क फर्किन् जहाँ राष्ट्रपति केनेडी कार्लाइल होटलमा बसेका थिए । त्यस अवसरमा पैटका लोग्ने पिटरले फेरि पनि मुनरोको परिचय गराइदिए । त्यति मात्र होइन, राति खुसुक्क मुनरोलाई फेरि केनेडीको सुत्नेकोठामा पु¥याइदिए । केनेडी स्त्रीलम्पट थिए नै, त्यत्तिकै छाड्ने कुरै भएन ! उक्त भेटबारे मुनरोले बबीलाई यसरी कुरो सुनाइन् – मैले राष्ट्रपतिको पिँठ्युलाई ठूलै आनन्द दिलाएँ । मुनरोको जीवनी लेखकका अनुसार त्यो राति केनेडीले मुनरोलाई आफूमाथि चढाएर सहवास गर्न लगाएका थिए । 

सन् १९६२ को मे १९ मा जन्मदिनको अवसर पारेर न्युयोर्कस्थित मैडिसिन स्क्वायर गार्डन्समा राष्ट्रपति केनेडीको अभिनन्दन गर्ने कार्यक्रम राखियो । कार्यक्रममा गीत गाउन एला फिट्जगेराल्ड र मारिया कालासलाई निम्ता थियो । तर, राष्ट्रपतिका साढुभाइ पिटरले भने मुनरोलाई गीत गाउन लगाउने यो जनाअनुरूप उनलाई पनि बोलाए । मुनरो पुराना ससुरा इसाडोर मिलरसँग कार्यक्रममा पुगिन् । दिउँसो मुनरोले संगीतकार रिचर्ड एडलरसँग गीतको पूर्वाभ्यास गरिन् । यद्यपि, उनी आफ्नो आवाजदेखि सन्तुष्ट देखिइनन् । तर, राष्ट्रपति स्वयंले गीत गाउन आग्रह गरेपछि राजी भइन् । कार्यक्रम सञ्चालन पिटरले गर्दै थिए । उनले मुनरोको परिचय दिँदै भने ‘श्रीमान् राष्ट्रपति महोदय, यिनी एक जना सुन्दर महिला, जसले जिन्दगीमा धेरै कुरो भोगिसकिन् । जहाँ पनि सधैं ढिलो पुग्ने उनैले आजको विशेषको अवसरमा जन्मदिनको गीत सुनाउनुहुनेछ ।’

उनले मीठो स्वरले गीत गाइन् तर कसैले सुनेनन् किनभने गीत गाउन उभिनेबित्तिकै त्यहाँ उपस्थित सम्पूर्ण सहभागी उनको मादक रूप देखेर चिच्याउँदै उफ्रिन थाले । भीडले होहल्ला गर्न थालेपछि केनेडीले उठेर भीडलाई सम्बोधन गरे । उनले भने, ‘यस्तो मीठो स्वर र मादक युवतीद्वारा मेरो जन्मदिनको शुभकामना र बधाई पाएर खुशीले गद्गद् भएँ, लाग्छ, अब आनन्दले राजनीतिबाट सेवानिवृत्त हुन सक्छु ।’  यसपछि केनेडी र मुनरोबीच भेटघाट र फोनमा वार्तालाप बाक्लो हुन थाल्यो । एकदिन मुनरोले फोन गर्दा जैकलिनले उठाइन् र चिच्याउँदै भनिन्, ‘ठीक छ, तिम्रोनिम्ति म मार्गबाट हट्न तयार छु । तर, एउटा शर्त छ, तिमीले त्यो कुकुरको छाउरोसित बिहे गरेर राष्ट्रपति भवनमै आएर बस्नुपर्छ । बिहे नगर्ने भए तिमीले उसलाई छाड ।’

यथार्थमा मुनरो राष्ट्रपति केनेडी भन्दा उनका भाइ बबीप्रति आशक्त थिइन् । बबी पनि मुनरोलाई चाहन्थे । यसबीच, केनेडी दाजुभाइकी बहिनी जीन स्मिथले मुनरोलाई एउटा पत्र लेखेर बबी र मुनरोको सम्बन्धबारे परिवारमा छलफल भइरहेको जानकारी दिइन् । उक्त पत्र पढेर मुनरो अब बबीसँग आफ्नो बिहे हुने पक्कापक्की भयो भन्नेमा ढुक्क बनिन् । उनले गार्डियन पत्रिकालाई अन्तर्वार्ता दिँदै यो रहस्य खोलिन् पनि । तर, उता बबीले भने मुनरोसित बिहे गरेर आफ्नो राजनीतिक भविष्य भताभुंग बनाउन चाहेनन् । यो कुरोको भनक पाउनेबित्तिकै उनी आफ्नी पत्नी इथल र चार जना छोराछोरीलाई लिएर बिदा मनाउन भनी सान फ्रान्सिस्कोतर्फ गए । मुनरोले बबीसित सम्पर्क राख्ने कैयौं कोसिस गरिन् तर सफल भइनन् । यसको बाबजुद उनी बबीले पत्नी इथलसित सम्बन्धविच्छेद गरी आफूसँग बिहे गर्नेमा ढुक्क भएर बसिन् ।

यसबीच बबी बिदा मनाउन उतैबाट प्रशान्त महासागरको तटतिर गएपछि र उता जैकलिनले पनि आफ्ना लोग्नेको पिछा छोड्न तारन्तार दबाब दिन थालेपछि मुनरोले मानसिक सन्तुलन गुमाउन पुगिन् । मुनरोसित शारीरिक सम्बन्ध राख्दै आएका केनेडी दाजुभाइलाई पनि डर भयो । उनले छापामा सबै कुरो छताछुल्ल पारेमा आफूहरूको राजनीतिक भविष्य चौपट हुने देखेपछि मुनरोलाई नै समाप्त गरिदिने योजना बनाइएको सिआइएका अर्का कुख्यात जासुस फ्रेड ओटासको दाबी छ । उनले त अझ राष्ट्रपति केनेडी र मुनरोको सहवास हुँदाहुँदैको भिडियो नै खिचेको दाबीसमेत गरेका छन्् । मुनरो र केनेडी दाजुभाइबीचको सम्बन्धबारे किताब लेख्ने कतिपयले राष्ट्रपति केनेडीले आफू बदनाम हुनबाट बच्न मुनरो भाइ बबीलाई भिडाइदिएको पनि भन्ने गरेका छन् ।

उता, सन् १९६२ को अगस्त ५ मा मुनरोको लाश उनकै शयनकक्षमा फेला प¥यो । उनले निद्रा लाग्ने औषधिको चक्की अधिक मात्रामा सेवन गरेकाले मृत्यु भएको शव परीक्षणको रिपोर्टमा उल्लेख थियो । स्मरणीय छ, मुनरोको निधनको १५ महिनापछि सन् १९६३ को नोभेम्बर २२ मा राष्ट्रपति केनेडीको हत्या भयो ।
 

टिप्पणीहरू