रविले गृहमा जान यसर्थ गरेका रहेछन् रहर

राजकुमारलाई बुझाउने मलेशियाले ज्वाइँ मानेको हो त जिबी राईलाई ?

रविले गृहमा जान यसर्थ गरेका रहेछन् रहर
सुन्नुहोस्

त्यही काम अरुले गर्दा ऐन, मन्त्रीका लागि चैन हुने व्यवस्था छैन । तर, भइरहेको त्यस्तै छ । गृहमन्त्री रवि लामिछानेले ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालनका क्रममा विभिन्न सहकारीसँग गरेका आर्थिक कारोबार कानुन विपरित र दण्डनीय छन् । त्यही काम गर्ने अरु व्यक्ति कोही फरार, कोही जेल पुगिसके । रविचाहिँ गृहमन्त्रीको कुर्सीमा बसी आफूसम्बद्ध मुद्दामा आफैंलाई उन्मुक्ति दिइरहेका छन् ।

उनी मन्त्री हुनुअघि अहिलेका प्रहरी महानिरीक्षक (आइजी) बसन्त कुँवरले सहकारी घोटालाको अनुसन्धानका क्रममा पोखराको सूर्यदर्शनमाथि गरिनुपर्ने छानबिन राम्रो भएन भनी सिआइबीबाट दुई जना, इन्स्पेक्टर प्रदीप क्षेत्री र रवि घिमिरे (वरिष्ठ सई) लाई पोखरा पठाउन लगाएका थिए । तिनले रविको हकमा संलग्नमात्रै हैन, अभियोग नै लगाउनुपर्ने तहको वस्तुस्थिति बुझेर आए तर त्यतिञ्जेलमा रवि गृहमन्त्री भइसकेका थिए । र, एक हप्तापछि उनै आइजीले संसदीय समितिमा भने, ‘सहकारी ठगीमा गृहमन्त्री संलग्न हुनुहुन्न ।’

जबकि काठमाडौंबाट गएको टोलीले सूर्यदर्शन सहकारीको सफ्टवेयरमा ठूलै गड्बडी भेट्टाएको थियो । उनीहरुले त्यसबारे प्रतिवेदन नै तयार पारेका थिए । यद्यपि, प्रतिवेदनमा रवि दोषी हुँदाहुँदै पनि आइजीचाहिँ सिंहदरबार पुगेर मन्त्रीभक्ति देखाइरहेका छन् । प्रतिवेदनअनुसार, त्यहाँबाट पैसा निकाल्ने क्रममा रविको प्रष्ट संलग्नता देखिन्छ । उनले बिनाधितो ऋण लिएको र नतिरेको छर्ल¨ छ । त्यसरी ऋण दिनु र लिनु दुवैलाई गैरकानुनी मानिन्छ । त्यही कारण कुमार रम्तेलसहितका व्यक्तिहरु अहिले जेलमा छन् । 

रविले ‘पसिनाको मूल्य’ का नाममा लिएको पैसाको कर तिरेको हुनुपर्छ, तर कतै पनि पारिश्रमिकको समेत कर तिरेका छैनन् । ग्यालेक्सी टिभीको स्वामीत्व हस्तान्तरणका क्रममा सूर्यदर्शन सहकारीको रकम लगानी भएको देखिन्छ । प्रहरीले ग्यालेक्सीमा साझेदार बनेका पूर्वडिआइजी छविलाल जोशीको घरमा लुकाइएको सफ्टवेयर बरामद गरेपछि उक्त कुराको खुलासा भएको हो ।

यद्यपि, छविलाल उक्त कम्पनीबाट पहिल्यै अलग भइसकेका थिए । टेलिभिजन सञ्चालक समितिका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईको हकमा अनुसन्धान गर्नबाट सिआइबी पछाडि हटेको थिएन । उनका विरुद्ध रेड कर्नर नोटिश जारी भएको थियो । त्यस्तो अवस्थामा इन्टरपोलले मान्छे ल्याउने हो । तर, आइजिपीले इन्टरपोललाई के भनेका छन् भन्नेमा कारवाही हुने÷नहुने कुरा निर्भर हुन्छ । उनी मलेसियामा लुकेका छन् । मलेसियाले पहिला गैंडा तस्करी मुद्दा लागेर भागेका राजकुमार प्रजालाई पनि नेपाल पठाएकै हो । मलेसियाले पारस्पारिक आदानप्रदानअनुसार पनि अर्को देशबाट खोजिएका व्यक्ति उक्त देशमा भए पठाइदिने गरेको छ । त्यसैले प्रहरीले चाहँदा मलेसिया सरकारले जिबीलाई उपलब्ध गराउन नसक्ने हैन । तर, मुली नै थेत्तरो भएपछि के लाग्छ ? 

त्यस्तै, सुनकाण्डका केही कुरामा प्रहरी अगाडि बढ्न सकेन । भेपमा राखेर गरिएको ६० केजी सुन तस्करीमा संलग्नता देखिएका दावा छिरिङकी पत्नी अमला रोका अहिलेसम्म समातिएकी छैनन् । उनका विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलले गत फेब्रुअरी ५ तारिखमा डिफ्युजन नोटिस जारी गरिसकेको छ । नोटिस जारी हुनुअघि प्रहरीले अमलाको मोबाइल सम्पर्कको विवरण (सिडिआर) हेरेको थियो । उनका राजनीतिक सम्बन्ध प्रशस्तै देखिन्छन् । राजस्वले उक्त मुद्दा ल्याउनुभन्दा १२–१५ दिनअघि नै दावा पक्राउ परिसकेका थिए । त्यसपछि अमलाको फोन स्वीच अफ भयो । उनी दावा पक्रिँदा घरमै थिइन् ।

तर, प्रधानमन्त्रीको पीए रहिसकेका जिल्लावासी नवराज हाकिम रहेको अड्डा राजस्वले समातेन । प्रहरीमा फाइल पुगेपछि बल्ल होटल भियनामा छापा मारियो । त्यसपछि फोन अफ गरेर भागिन् । प्रहरीले ह्वाट्सएप कनेक्सनका आधारमा अनुसन्धान गर्दा उनी भारतको हिमाञ्चल प्रदेशमा गएर बसेको देखिएपछि त्यताका प्रहरीसँग समन्वय भयो । नभेटिएपछि उनकी बहिनी बिन्दु मगर र उनीसँग लिभिङ टुगेदरमा बसेका पुरुषलाई पनि सोधियो तर अमला फेला परिनन् । उनले भैरहवामा पनि होटल चलाएको सूचनाका आधारमा अनुसन्धान भयो । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू