जेठाजुको ‘घ्यू’ ले निम्त्याएको बबाल (अडियोसहित)

जेठाजुको ‘घ्यू’ ले निम्त्याएको बबाल (अडियोसहित)

विचार वा मिशन बदनाम हुन धेरै केही हुनुपर्दैन, केही मानिसले अण्टसण्ट बोले पुग्ने अवस्था छ । सत्तारुढ नेकपाका तर्फबाट बझाङस्थित केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष निशा ठगुन्ना धामी पछिल्लो पात्र बनेकी छन् ।

केदारस्युँ ७ निवासी नेकपाका स्थानीय अगुवा तथा उपाध्यक्ष ठगुन्नाका जेठाजु पर्ने राजु जाग्रीले बुहारीको एउटा फेसबुक स्ट्याटसमा व्यङ्यात्मक शैलीमा नकारात्मक कमेण्ट गरेपछि उनीहरूबीच फोन सम्वाद भयो । त्यसमा उपाध्यक्ष ठगुन्नाले अश्लील शब्दसहित जेठाजु तथा पार्टी नेतालाई मुख छाडेकी छन् ।

जोगबुढा क्षेत्रसँग सम्बन्धित कुनै विकास परियोजनाबारे उपाध्यक्ष ठगुन्नाले लेखेको स्ट्याटसमा आर्थिक अनियमितता गरेको कुरालाई ‘घ्यू खाएको’ भनी जाग्रीले टिप्पणी गरेका थिए ।

सुन्नुस्, अडियो ।

https://www.facebook.com/nepalicongressjindabaad/videos/364775600909050/?v=364775600909050

 

टिप्पणीहरू