‘प्रधानन्यायाधीश मूर्दावाद’ भन्दै कलंकीमा मसाल जुलुश

‘प्रधानन्यायाधीश मूर्दावाद’ भन्दै कलंकीमा मसाल जुलुश

सर्वोच्च अदालतको आजको फैसलाविरुध्द कलंकीमा मसाल जुलुश निकालिएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट युवा संघ केन्द्रीय समितिले मसालसहित निकालेको जुलुसमा सर्वोच्च अदालत र प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा विरुद्ध चर्का नारालगाइएको थियो ।

साँझ सवा ८ बजे निर्दलीय फैसलाको विरुद्ध भन्दै निकालिएको जुलुशको नेतृत्व संघका केन्द्रीय सदस्य ईश्वरराज लोहनीले गरेका थिए ।

प्रदर्शनकारीले मसाल जुलुससँग सर्वोच्चको फैसला फिर्ता गर, चोलेन्द्रसमशेर मूर्दावादलगायतका नारा लगाएका हुन् ।

टिप्पणीहरू