शोलेको ठाकुर र महन्थ ठाकुर

शोलेको ठाकुर र महन्थ ठाकुर

कुनै जमानामा बलिउडमा खुबै तहल्का मच्चाएको फिल्म हो – शोले । धेरैले हेर्नुभएको होला । मैले पनि हेरेको छु । त्यसमा एउटा पात्र छ ठाकुर ।

फिल्मको ठाकुर पात्रसँग शक्ति त धेरै छ तर शक्ति भएर के गर्नु,आफूखुशी केही गर्न सक्दैनन् । किनभने उनीसँग हातै हुँदैन । दुवै हात काटिएका हुन्छन् । हात काटिएका कारण ठाकुर आफू मजबुत भएर पनि कामचाहिँ केही गर्न सक्दैनन् ।

एकपटक उनको सामू बन्दुकै आएर झर्दा पनि उनले उठाएर पड्काउन सक्दैनन् । यस्ता थिए शोलेका ठाकुर ।

अब अर्का ठाकुर हुनुहुन्छ हाम्रो नेपालका लोकल ठाकुर,अर्थात् महन्थ ठाकुर । शोलेका ठाकुर र महन्थ ठाकुर दुवै ठाकुरै भए पनि फरक खालका ठाकुर हुन् ।

तर ठाकुर फरक भए पनि नियती भने दुवैको एउटै देखिन्छ । शक्तिशाली भएर पनि शोलेका ठाकुरले जसरी आफ्नो काम आफै गर्न सक्दैन, हाम्रा महन्थ ठाकुर पनि आफ्नो काम आफैँ गर्न सक्दैनन् ।

शोलेका ठाकुरको जस्तो महन्थ ठाकुरका पनि दुवै हात बाँधिएका छन् । त्यसैले प्रधानमन्त्रीकै अफर आउँदा पनि चलाउन सकेनन् । हातै अरुले बाँधेको छ कसरी चलाउनु ?

बिचरा ठाकुरहरू !.

टिप्पणीहरू