कोरोना पस्योचाहिँ कहाँबाट ?

कोरोना पस्योचाहिँ कहाँबाट ?

ताप्लेजुङमा कोरोना संक्रमित बढ्दै गएका छन् । असार ११ गतेसम्म ४ जना मात्र कोरोना संक्रमित रहेकोमा थप ३ जना फेला परेपछि यहाँको तथ्यांकमा संख्या ७ पुगेको हो । तर, यो कहाँ, कसलाई लाग्यो थाहा छैन ।

ताप्लेजुङको कोरोना नियन्त्रण समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन भन्नुहुन्छ, ‘यो डाटा कहाँ बन्छ कुन्नि ! हाम्रो जिल्लाका हरेक कोरोना गतिविधिलाई रेखदेख र नियन्त्रणका लागि प्रत्येक दिन बैठक बसिरहेका छौं।’ प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकाय र सरोकारवालाहरू सबैको बैठक र छलफलमा सहभागिता छ, सबै क्षेत्रको तथ्यांकसहित समस्या बुझ्ने गरिएको छ । कोरोना संक्रमित देखिएका छैनन् । हामीले शुरुदेखि नै यसमा आपत्ति जनाएका छौं तर के भएको हो, हामीलाई नै थाहा छैन ।

समुदायको भनाइ छ, लुकाएको हो वा अन्यत्रको हो जे भए पनि हामीलाई गुमराहमा राखेर त्रसित बनाउनु गैरजिम्मेवारीपूर्ण काम हो । बाहिरको तथ्यांक भित्र राखिने भए अमेरिका, बेलायत र अन्य देशमा कोरोना लागेका र मरेका नेपालीको तथ्यांक किन नेपालमा रहेन ? एक कामको दुई नीति कसरी हुन गयो ? यता, केही सामाजिक अभियन्ता भने कोरोना परीक्षणमा ढिलासुस्ती र परीक्षण कम भएका कारण ताप्लेजुङमा कोरोना नदेखिएको हुन सक्ने तर्क राखिरहेका छन् ।

– कमल भट्टराई, ताप्लेजुङ

टिप्पणीहरू