वामदेवलाई नयाँ अफर

वामदेवलाई नयाँ अफर

माधव नेपाल र प्रचण्डको हातमा सत्ता नपार्न जसरी पनि वामदेवलाई चुनावताकाको प्रधानमन्त्री बनाउने लोभ देखाउने प्रयत्न जारी छ । र,चुनाव आउन झन्डै सवा दुई बर्ष बाँकी नै छ !

ओलीपछि उनको लिगेसी लिने भरपर्दा नेता तपाईंबाहेक अरु को छन् र भन्दै अबचाहिँ फरक नपर्नेगरी सजिलो ठाउँबाट जिताएर सरकार जिम्मा लगाउने आश्वासनसहित थरिथरिका मान्छे पठाएर घेरा हाल्न थालिएको छ !   स्रोतका अनुसार ‘वामदेवमाथि बालुवाटारको कृपाले नभई बाध्यात्मक परिस्थितिले उक्त खेलको सम्झौता गर्नुपरेको हो । यो वामदेव एकजनाको रहर पूरा गर्नको लागि भएकोचाहिँ  होइन’ ।

वामदेवसँग पार्टीभित्र त्यति धेरै नेता तथा कार्यकर्ता नभएपनि परिस्थितिले उनको ‘फेस भ्यालु’ लाई मूल्याङ्कन गर्नुपर्ने बाध्यकारी अवस्था आएको जवाफ दिने गरिएको छ ।

स्रोतले दाबी गरेअनुसार हालैको भेटमा प्रधानमन्त्रीले गौतमलाई प्रतिनिधि सभाको कुनैपनि स्थानमा रिक्त हुने निर्वाचनको लागि तयार रहन भन्नुभएको थियो । तर,गौतमका शुभचिन्तकहरूले पार्टीकै सर्वसम्मत निर्णयका बाबजुद पनि राष्ट्रिय सभामा मनोनित गर्न ल्याँगल्याँग गर्नेहरूले प्रतिनिधिसभामा सांसद जिताएर प्रधानमन्त्री बनाउने भनी पटकपटक दिएका गुलिया आश्वासनमा नभुल्न सुझाव दिएका छन् ।

यता, नेकपाको संसदीय दलमा प्रधानमन्त्रीको पक्षमा ९० जना सांसद पुगेको चर्चा पनि चलाइएको छ । तर,सत्य के हो भने दुबै पक्षसङ्ग हस्ताक्षर त छ तर बहुमत हुने बिश्वास छैन,यदि त्यस्तो हुन्थ्यो भने बिश्वास र अबिश्वासको खेल उहिल्यै शुरु भैसक्थ्यो !

टिप्पणीहरू