कसरी कमाइन्छ करोडौं ?

कसरी कमाइन्छ करोडौं ?

५ करोड ४३ लाख २७ हजार बराबरको अवैध सम्पत्ति थुपारेको फेला परेपछि अख्तियारले उनीविरुद्ध आजै भ्रष्टाचार मुद्दा चलाएको छ ।  जबकि उनको वैध आम्दानी १ करोड १७ लाख ४१ हजार मात्र हुन आउँछ  ।

राज्य कसरी खोक्रो हुँदैछ ? आमालाई चुसेर कसरी मोटाउँदैंछन् भ्रष्टमतिका कर्मचारीहरु ! एउटा सुब्बा तहको कर्मचारी २२ बर्ष जागिरे जीवनमा साढे ५ करोड सम्पत्ति थुपार्दा फन्दामा परेका छन् ।

कहानी हो,नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेको । २०५४ साल पुसदेखि २०७६ वैशाखसम्म सरकारी सेवामा रहँदा उनले ५ करोड ४३ लाख २७ हजार बराबरको अवैध सम्पत्ति थुपारेको फेला परेपछि अख्तियारले उनीविरुद्ध आजै भ्रष्टाचार मुद्दा चलाएको छ ।  जबकि उनको वैध आम्दानी १ करोड १७ लाख ४१ हजार मात्र हुन आउँछ । काफ्लेले  यो अवधिमा ७ करोड १७ लाख ४१ हजार कमाएको अनुसन्धानबाट खुल्न आएको छ ।

यसरी आर्जित सम्पत्ति श्रीमती सुशीला काफ्लेको  नाममा लुकाइएको रहेछ । भक्तपुर र काभ्रेपलान्चोक जिल्लामा आफू र श्रीमतीको नाममा ३३ कित्ता भन्दा बढी जग्गा जमिन खरिद गर्दा रजिष्ट्रेशन लिखतमा वास्तविक भुक्तानी मूल्यभन्दा न्यून रकम देखाई जग्गाधनीलाई वास्तविक कारोबारको रकम भुक्तानी दिएको अनुसन्धानको क्रममा जग्गा बिक्रेताको बयान र भुक्तानी भएका चेक तथा बैङ्क स्टेट्मेन्टबाट पुष्टि हुन आएको अख्तियारले जनाएको छ। श्रीमतीको नाममा रहेका जग्गा जमिन, बैंक ब्यालेन्स रोक्का गरी जफत गर्न पनि अख्तियारको माग छ।

उनलाई २ वर्षसम्म कैद र बिगोबमोजिम जरिवाना माग गरिएको छ ।

टिप्पणीहरू