तत्काल लाग्दैन स्वास्थ्य संकटकाल

तत्काल लाग्दैन स्वास्थ्य संकटकाल

देशमा जनस्वास्थ्य संकटकाल लागु हुने हल्ला र यसबारे सरकारका जिम्मेवार पात्रहरुले अभिव्यक्त गर्न थालेका छन् ।

अनि, सेनालाई सेनालाई तम्तयारी अवस्थामा रहन पनि भनिएको छ ।

संकटकाल, अर्थात् केही नागरिक हक निलम्बन गर्ने विषय हो यो ।

तर, सरकारी तयारी हेर्दा त्यस्तो सम्भावना तत्काल देखिँदैन ।

संक्रामक रोगबाट दुई हजारभन्दा बढी नागरिक संक्रमित भएमा स्वास्थ्य संकटकाल लागु गर्ने कानुनी व्यवस्था छ । तर, अहिलेसम्म यसबारे कुरामात्रै चलेको, कुनै तयारी नभएको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशनकुमार पोखरेलले जनआस्थालाई बताए ।

‘त्यस्तो संकटकाल लागु हुने भयो भने हामीले नै प्रस्ताव लेखेर पठाउने हो, अहिलेसम्म हामीले भनेका छैनौँ, हामीसँग प्रस्ताव मागिएको पनि छैन’, डा.पोखरेलले बताए ।

तर, स्वास्थ्य सचेतना वृद्धि गर्नुपर्ने, संक्रमण व्यवस्थापनमा ध्यान दिनुपर्ने र कोरोना परीक्षणको रफ्तार (पिसिआर) बढाउनुपर्ने काम भने भइरहेको उनले सुनाए । ‘हल्ला बढी हुन थालेको छ, वास्तविकताचाहिँ यतिमात्रै हो’, उनले भने ।

टिप्पणीहरू