आफ्नो खुट्टामा आफैं बन्चरो हान्न खोजेपछि…

आफ्नो खुट्टामा आफैं बन्चरो हान्न खोजेपछि…

उदयपुरका कोभिड १९ विरुद्ध क्रियासिल समितिका सम्पूर्ण सदस्यहरु ‘हतारो गर्ने अनि फुर्सदमा पछुताउने’ नेपाली टुक्कालाई सम्झाउने निर्णय गरेका छन् । औषधी उपचार गर्ने सामथ्र्यको मूल्याकंन नगरीकनै कोरोना भाइरस रोक्ने प्रभावशाली ठानिएको बन्दाबन्दीलाई वेवास्था गर्ने निर्णय गरेका छन् । जिल्ला समन्वय समिति उदयपुरको कार्यालयमा बसेको वैशाख २८ गतेको निर्णयले त्यस्तो आभास दिएको हो । सो समितिले ११ बुँदे निर्णयहरु पारित गरेका छन् । यसले आलाकाँचो प्रशासक र व्यवहारिक भन्दा राजनीतिक निर्णय गर्ने राजनीतिकर्मीहरुको क्षमता प्रदर्शन हुन पुगेको छ ।

सो बैठकको पारित गरेको एक नम्वर निर्णयमा कृषि तथा पशुजन्य, स्वास्थ्य सेवा, ढुवानी सेवा, विकास आयोजना, सार्वजनिक सेवा, औद्योगिक उत्पादन, राजमार्गको होटल तथा रेष्टुरेनट र व्यवस्थापकीय कार्यसँग सम्वन्भित कृयाकलापहरु…सामाजिक दुरी कायम गरी …नागरिकको आर्थिक तथा सामाजिक जीवनलाई सहज बनाउन सहयोग गर्ने निर्णय गरेको छ । त्यसैगरी दुई नम्वरमा नागरिकको दैनिकी जीवनलाई सामान्यकरण गर्न स्थानीय तहको समन्वयमा जिल्ला प्रशासन कार्यालय उदयपुरले सहजिकरण गर्ने भनिएको छ । सबै कुरा खुल्लै छोडेपछि जिल्ला सिल र प्रभावित भुल्केमात्र सिल गर्नुको अर्थ के हुन्छ ?

निर्णय नम्वर ३ मा राष्ट्रिय गौरवको आयोजना, प्रदेशस्तरिय आयोजनालगायतका विकास निर्माणका कार्यलाई आवश्यक निर्माण सामग्री उपलव्ध गराउने निर्णय स्वागतयोग्य देखिन्छ । यस कार्यको लागि नदीजन्य ढुंगा, गीटी, बालुवा रोडा खुल्ला गर्ने निर्णय गरेका छन् ।

तर ६ नम्वरको पारित बुँदाले भने जटिलता निम्त्याउने देखिन्छ । स्थानीय पालिकाहरुले पास वितरण गर्ने वित्तिक्कै यसले संक्रमित व्यक्ति वा परिवार र त्यससँग सम्वन्धित परिवारहरुसँग कन्ट्याक्ट टे«सिङमा जटिल समस्या उत्पन्न गर्ने देखिन्छ ।

निर्णय नम्वर ४ मा उदयपुर जिल्ला कोरोना भाइरसको उच्च जोखिममा रहेकोले कोरोना भाइरस संक्रमण, रोकथाम र नियन्त्रणको लागि पीसीआर प्रविधिद्धारा स्वाव नमूना परीक्षणको दायरा बढाउनको लागि नेपाल सरकार र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ । एकातिर उच्च जोखिम भन्ने अर्कोतर्फ कोभिड १९ विरुद्धको कदमहरुलाई फित्तलो बनाउने निर्णयले गर्दा उदयपुरका जनप्रतिनिधि, नेता तथा प्रशासकहरुले कतै आफ्नो खुट्टामा आफैं बन्चरो त हान्दै छैनन भन्ने प्रश्न उभिएको छ ।

अहिलेसम्म त्रियुगा नपा ३ को भुल्केको एउटा सानो टोलमा ३२ जना कोरोना संक्रमित भेटिएका छन भने तीमध्ये १४ जना उपचारपछि निको भएका छन् । आजको बैठकमा प्रदेश सभाका माननीयहरु, नगर तथा गाउँपालिकाका प्रमुखहरु, सिडिओलगायतका सुरक्षा प्रमुखहरु र विभिन्न राजनीतिक दलका नेताहरुसहित व्यापारी, निर्माण व्यवसायी र उद्योगीहरुको उपस्थिति रहेको थियो ।

टिप्पणीहरू