मोदीलाई प्रचण्डको जवाफ : सीमा विवाद यथावत, सम्बन्धमा ‘ब्रेक थु’ भन्ने हुँदैन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग दुई देशबीचको सीमा समस्या समाधानका लागि छलफल भएको बताउनुभएको छ ।
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज नेपाली पत्रकारहरुसँग कुराकानी गर्दै सीमा समस्या सल्टाउने विषयमा आफू र भारतीय समकक्षीबीच कुराकानी भएको जानकारी दिनुभएको हो । सो क्रममा उहाँले भारतीय प्रधानमन्त्री मोदीलाई सीमा विवाद थाँती राखेर दुई देशबीचको सम्बन्धमा ‘ब्रेक थ्रु’ हुन नसक्ने कुरा आफूले प्रष्टरुपमा राखेको …