जनआस्था साप्ताहिक

तरबारको धार र ३० वर्षदेखि पस्कँदै आएका समाचार

जनआस्था साप्ताहिकले प्रकाशनको २९ औं वर्ष पूरा गरी ३० वर्ष टेकेको छ । सन् १९९५ मार्च ८ (२०५१ फागुन २४ गते बुधबार), अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर साप्ताहिक अखबारका रुपमा प्रकाशन आरम्भ भएको जनआस्था आज पनि उही बार र उही कलेबरका साथ पाठकसामु प्रस्तुत छ ।  नेपाली समाचारको बजारमा ‘सरकारी’ र ‘मिशन’ पत्रकारिताले मात्र स्थान पाइरहेको थियो । २०४६ सालको परिवर्तनले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै पत्रकारितामा व्यवसायिकता…