सुरेन्द्र श्रेष्ठ

माओवादीबाट नियुक्ति पाउनेको के कुरा !

यसपालि सरकार फेरिने कुरा सार्वजनिक भएकै दिन नियमित मुटु जाँचका लागि लण्डनको ठूलो अस्पताल जानुपर्ने थियो । प्रचण्ड ढलेर सुरेन्द्रलाई हर्टअट्याक भयो भन्लान् भनी साथीहरुले जिस्क्याए पनि ।  शान्तिवार्तापछिका सत्रमध्ये करिब १४ वर्ष माओवादी पार्टी सरकारमा रह्यो । दश वर्षीय जनयुद्ध रोकिए पनि अहिलेसम्म सैद्धान्तिक र व्यावहारिक रुपमा यो पूर्णतः अन्त्य भइसकेको छैन । हिजो भएन भनिएका र प्राथमिकता दिइएका ४१ सूत्रीय मागमध्ये कति पूरा गर्न सकियो, मूल्यांकन हुन आवश्यक छ । हिजो गरेनन् भन्न स…