प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री कार्यालयमा जासुसको पल्टन

राष्ट्रिय सुरक्षा कायम गर्न सूचना संकलन गर्ने राष्ट्रिय अनुसन्धान विभागका डिआइजीलाई पहिलोचोटि प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा कोठा छुट्याएर काज खटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश हेर्ने डिआईजी किशोर श्रेष्ठलाई अस्तिदेखि आफ्नै कार्यालयमा जिम्मेवारी दिएर राख्नुभएको छ ।  वर्षौंसम्म गृह मन्त्रालयमातहत रहेको राष्ट्रिय अनुसन्धान विभाग र  अर्थअन्तर्गतका सम्पत्ति शुद्धिकरण अनुसन्धानसहित राजश्व अनुसन्धान विभागको कार्यसम्पादनलाई प्रभावकारी बनाउन भन्दै यसअघि …