चिनियाँ

जिपको गियरबक्समा सुन ओसार्ने चिनियाँमाथि अनुसन्धान जारी

जिपको गियरबक्समा सुन राखेर ओसार्दै गरेको अवस्थामा पक्राउ परेका तीन जना नेपालीपछि एक जना चिनियाँ समातिएका छन् । रसुवाको केरुङ नाका हुँदै भन्सार छलेर सुन तस्करी गर्दै काठमाडौं ल्याउने क्रममा गत बिहीबार थानकोटमा दुई केजी सुन फेला परेको थियो । प्रहरीले काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२८ च २६९७ नम्बरको जिपको गियरबक्समा दुई किलो सुन भेट्टाएको थियो । लगत्तै तीन जना नेपालीलाई पक्राउ गरे पनि चिनियाँ नागरिक भागेको बताइन्छ ।  भोलिपल्ट पक्राउ परेका च…