चिनियाँ र जर्मन राजदूत सिंहदरबारमा व्यस्त
नेपालका लागि चिनियाँ र जर्मन राजदूतले आज विभिन्न मन्त्रीसँग भेटवार्ता गरेका छन् । चिनियाँ राजदूत छन सोङले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र अर्थमन्त्री डा.प्रकाश शरण महतसँग भेटवार्ता गर्नुभएको बताइएको छ ।
त्यसैगरी, जर्मन राजदूत डा. थोमस प्रिन्जले पनि अर्थमन्त्री डा. महतसँग हिजै दिउँसो शिष्टाचार भेट गर्नुभएको हो । चिनियाँ राजदूत दिउँसो अर्थमन्त्रीसँग झण्डै आधा घण्टा भेटघाट गरेपछि लगत्तै ४ बजेको समयमा उपप्रधान तथा रक्षामन्त्री खड्कासँग भेट गर्न रक्षा मन्त्रालय पुग्नुभएको थियो ।
यता, चिनियाँ राजदूत निस्केपछि जर्मन राजदूत अर्थमन्त्री डा. महतसँग भेटघाटको निम्ति मन्त्रालय छिर्नुभएको बताइन्छ । उहाँहरुबीच पनि आधा घण्टा कुराकानी भएको मन्त्रालय स्रोतले बताएको छ ।
टिप्पणीहरू