मधु चौलागाईं

कुलमानलाई चलाउने शक्ति अमेरिका हो

मुलुकको कर्पोरेट कानुन क्षेत्रमा स्थापित नाम हो– मधु चौलागाईं । काभ्रेमा जन्मेका उनले एसएलसीपछि केही समय खाँडादेवी मावि, काभ्रेमा पढाए । कानुनी कखरा हाल वरिष्ठ अधिवक्ता रहेका नेत्रध्वज कार्कीको पब्लिक ल फर्ममा बसेर सिके, वारेसको रूपमा काम गर्दै कानुन पढे । घरजग्गा कारोबारी सुधीर बस्नेत जेल परेपछि ०७४ पछाडि उनका सबै मुद्दा र अहिले समस्या आएका अधिकांश ठूला सहकारीको मुद्दा उनीसँगै छन् । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिएका उनी आगामी निर्वाचन काभ्रेबाट लड्ने तयारी ग…