प्रदीप,दुर्गा
जेल पठाउनुअघि प्रदीपलाई अस्पताल,दुर्गा दिल्लीबाट फिर्ता
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई नलिन्चोक हेलिप्याड निर्माण अनियमितता प्रकरणमा बिशेष अदालतले पुर्पक्षका लागि जेल पठाउने आदेश दिएसङ्गै अस्पताल चलान गरिएको छ । आजै अख्तियारले निजलगायत ५५ जनामाथि पोखरा बिमानस्थल निर्माणमा झण्डै छ अर्ब तलमाथि गरेको अभियोगसहित अर्को मुद्दा दर्ता गरेको छ । यसै क्रममा प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश आएसङ्गै उनले स्वास्थ्यमा कैफियत देखिएको गुनासो राखेकोले उपचारार्थ अस्पताल लगिएको बुझिएको छ…