काजी गुरुङ
प्रचण्ड कमरेडका बुझिनसक्नु पारा
समय यति शक्तिशाली हुँदो रहेछ कि मानिसलाई कहाँ पुर्याइदिन्छ पत्तै नहुने रहेछ । अहिले माओवादी र प्रचण्डको सन्दर्भ पनि ठ्याक्कै त्यस्तै भएको छ । बाध्यता वा परिस्थितिले सृजना गरेको आवश्यकता जे भने पनि माओवादी ब्राण्डबाट प्रचण्ड अलग हुन पुगेका छन् । उसो त प्रचण्ड आफूलाई गतिशील राख्न चाहने राजनीतिज्ञ हुन् । र, उनी नयाँ–नयाँ प्रयोग गरिरहने पात्र हुन् । कहिले माओवादलाई मार्गनिर्देशक वैचारिक हतियार मान्छन्, कहिले माओवादकै विकास गरेर प्रचण्डपथ बनाउँछन् । अनि फेरि नारायणकाजीहरूसँ…