चित्लाङ
चित्लाङको चित्कार
नेपाल समग्र विकासमा पछि पर्नुको मूल कारण हाम्रा नेताहरूमा रहेको विकास सम्बन्धी गलत चिन्तन रहेको ठम्याइ पूर्वाधारविद्हरूको रहेको छ । यसबारे टिप्पणी गर्दै जानकारहरू भन्छन्, ‘कम्तीमा ग्रेटर काठमाडौँ त बनाउन सकिन्थ्यो । त्योसमेत गरेनन् । मानौं, थानकोटबाट चित्लाङसम्म पुग्ने एउटा राम्रो बाटो वा सुरुंग मार्ग भइदिएको भए जनजीवन कस्तो हुन्थ्यो होला ? त्यहाँ सबै सम्भावना छन् तर काठमाडौँ अहिले पनि उनीहरूका लागि निकै टाढाको ठाउँझैँ बनेको छ। जबकि काठमाडौँसम्मको दूरी लगभग १२ देख…