सुरेन्द्र पाण्डे

जवजको ‘अपव्याख्या’ गरेका ओलीको वरपर ‘भजनमण्डली’

नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) को अपव्याख्या गर्दै आएको आरोप लगाएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर नेताहरूले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ओलीले जबजको नाममा पार्टी कब्जा गर्ने प्रवृत्ति देखाएको दाबी गरे । पाण्डेका अनुसार ओलीको सोही प्रवृत्तिका कारण पार्टी जनतामाझ दिनदिनै साँघुरिँदै गइरहेको अवस्थामा पुगेको छ। उनले भने, ‘पार्टीमा दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था अनिवा…