सरकारलाई चाहिए फुकुवा,नचाहिए रोक
तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई सात दिनका लागि उपत्यका बाहिर जान अनुमति दिइएको छ। तर विदेश भ्रमणमा लगाइएको रोक भने यथावत् छ ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले हाल राष्ट्रिय योजना आयोगमा रहेका दुवाडीलाई भदौ २३ र २४ गतेको ‘जेन्जी पुस्ता आन्दोलन’का क्रममा भएको क्षतिको मूल्याङ्कनका लागि स्थलगत अवलोकन भ्रमणमा सहभागी हुन अनुमति दिइएको जनाएको छ ।
आयोगका अनुसार दुवाडीले आन्दोलनका क्रममा गृहसचिवको हैसियतमा गरेको कामसम्बन्धी अनुसन्धानमा सहयोग गर्…