विद्यालाई ‘एमाले नेता’ मान्न धेरै सकस
पोहोर फागुन ५ गते नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड जानु एकदिनअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले करिब ७ घण्टा बालुवाटारमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग पारिवारिक लञ्च मिटिङ गरेकी थिइन् । त्यसक्रममा ओलीले एघारौँ महाधिवेशनमा आफूलाई सर्वसम्मत अध्यक्षका लागि सहयोग गर्न आग्रहसहित आफूलाई नेतृत्वको आकांक्षीका रूपमा सार्वजनिक नगर्न सुझाव दिएका थिए । सोही संवादपछि भोलिपल्ट थाइल्याण्ड प्रस्थान गर्ने क्रममा उनलाई एमाले केन्द्रीय कार्यालयले नै बिदाइ गर्यो । संगठन व…