चीन र रुस
के हामी चीन र रुसभन्दा धनी छौं ?
– द्रव्य शाह नेपालको आर्थिक अवस्था दिनानुदिन खस्कँदो छ । आयात चुलिँदा निर्यात बेपर्वाह साँघुरिएको छ । पर्यटन क्षेत्र पनि कोरोना महामारीपछि पहिलेझैँ उक्सिन सकेको छैन । गाउँघर रित्तो बनाएर भारत, मध्यपूर्व, मलेसिया, कोरिया र जापान पुगेका युवाले पठाएको रेमिटेन्सले मुलुक जेनतेन धानिएको छ । कृषिमा परनिर्भरता बढेकाले विदेशी मुद्रा तिरेरै चामलदेखि लसुनसम्म आयात गर्नुपर्ने बाध्यता छ । विदेशी मुद्रा आम्दानीको भरपर्दो माध्यमलाई अझै मुलुकले पहिल्याउन सकेको छैन । रे…