राष्ट्रिय सभाको निर्वाचन

चुनाव इजिप्टमा, मतदान केन्द्र भैंसेपाटीमा

इजिप्टको राष्ट्रपतीय निर्वाचनका लागि नेपालमा पनि मतदान केन्द्र राखिएको छ । ललितपुरको भैंसेपाटीस्थित इजिप्टको राजदूतावासमा मतदान केन्द्र कायम गरिएको बताइएको छ  । आजदेखि पर्सि आइतबारसम्म मतदान केन्द्रमा गएर मतदान गर्न सकिने दूतावास स्रोतले जानकारी दिएको छ । मतदान समय बिहान ९ बजेदेखि राति ९ बजे तोकिएको छ । उक्त निर्वाचनमा नेपालमा रहेका इजिप्टका नागरिकले मतदान गर्न पाउने छन् । नेपालमा मुश्किलले तीन दर्जन इजिप्टेली रहेको अनुमान छ । आज पहिलो दिन साँझ ६ बजेसम्म कसैल…