सिटिजन बैंकले महेन्द्रको शालिकलाई फन्को लगायो

सिटिजन बैंकले महेन्द्रको शालिकलाई फन्को लगायो

सिटिजन बैंक इन्टरनेशनलले आज बिहान दरबारमार्ग क्षेत्रमा र्याली निकालेको छ । बैंकको १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रभातफेरि निकालिएको बताइएको छ ।

बैंकको मुख्य कार्यालयबाट निकालिएको र्याली जयनेपाल हल,कृष्ण पाउरोटी,कमलादी, पूर्वराजा महेन्द्रको शालिक,दरबारमार्ग, नारायणहिटी दक्षिण गेट हुँदै बैंकको मुख्य कार्यालयमा पुगेको हो ।

र्यालीमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललगायतको उपस्थिति थियो ।

टिप्पणीहरू