हिमालय एअरलाइन्सले साउदीमा फेरी उडान थाल्यो

हिमालय एअरलाइन्सले साउदीमा फेरी उडान थाल्यो

हिमालय एअरलाइन्सले साउदी अरेबियाका लागि उडान सूचारु गरेको छ । साउदी सिभिल एभिएसनबाट उडान अनुमति पाएपछि हिमालयले दमाम र रियादका लागि उडान सूचारु गरेको हो ।

साउदी सिभिल एभिएसनबाट उडान अनुमति पाउन कठिनाइ भएपछि एअरलाइन्सले गत ९ देखि १२ फेब्रुअरीसम्म उडानहरू बन्द गर्नु परेको थियो । एभिएसनले अनुमति दिएसँगै १३ फेब्रुअरीदेखि हिमालयका उडानहरु नियमित भएका हुन् ।

एअरलाइन्सले स्थगित भएका उडानका यात्रुहरुको टिकटको सबै रकम फिर्ता गरेको छ । ९ र १० तारिकका दिन विमानस्थल पुगेका यात्रुहरुको टिकटको पूर्ण रकम फिर्ता र आवासको व्यवस्था आवश्यकताका आधारमा उपलब्ध गराउन सहजीकरण गरिएको जनाइएको छ ।

यसबाहेक १० फेब्रुअरीपछि यी क्षेत्रहरूका लागि अग्रिम टिकट बुक गरेका यात्रुहरूले पूर्ण रकम फिर्ता र टिकट रिसेड्युलिङ्ग गर्न आफ्ना सम्बन्धित ट्राभल एजेन्सी वा हिमालय एअरलाइन्स्को बिक्री कार्यालयमा सम्पर्क गर्न हिमालयले अनुरोध पनि गरेको छ ।

२०१४ मा नेपाल र चीनबीच संयुक्त उद्यमको रुपमा स्थापित हिमालय एअरलाइन्स् नेपालमा अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो । एअरलाइन्स्ले छोटो अन्तरालमै चारवटा जहाज आफ्नो स्वामित्वमा ल्याउन सफल भएको छ भने खाडी र एसियाका विभिन्न ७ वटा गन्तब्यमा आफ्नो उडान भरिरहेको छ ।

हाल चीनमा उडान भर्ने पनि एक मात्र नेपाली एअरलाइन्स्को रुपमा हिमालयले आफ्नो छबि कायम गरिसकेको छ ।

टिप्पणीहरू