कुरिलो कोरोनाको औषधि हो ?

कुरिलो कोरोनाको औषधि हो ?

मानिसले तरकारीका रुपमा प्रयोग गर्ने कुरिलोको बजार मूल्य कति होला ? प्रतिकिलो दुई सय ? चार सय ? एक हजार ? होइन । हिजो कुरिलो एक किलोको मूल्य २५ सय रुपैयाँ तोकियो ।

बर्खा सिजनमा प्रतिकेजी डेढ सयदेखि दुई सय रुपैयाँमा पाइने कुरिलोको बजार मूल्य किन यसरी आकासिएको होला ? कुरिलोले कोरोना संक्रमणविरुध्द लड्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने बजार हल्लाले भाउ त्यसरी चुलिएको बताइन्छ । यसका व्यापारीहरुले नियोजित हल्ला चलाएर किलोमा दुई हजारसम्म मूल्य बढाएको आरोपसमेत छ ।

जंगलमा पाइने कुरिलोमा पोषण तत्व (न्यूट्रिशन भ्यालु) बढी हुने र कोरोनाको औषधिका रुपमा प्रयोग गर्न सकिने हल्ला अहिले बजारमा व्यापक छ । तर बजारमा पाइने अधिकांश कुरिलो किसानले व्यावसायिक खेतीमा उत्पादन गर्छन् ।

‘अहिले आमसर्वसाधारणले खरिद गर्न सक्ने अवस्था छैन । पैसावालाहरुले झन् बढी प्रयोग गरिरहेका छन् ।’ खुद्रा व्यापारीहरुले भारत र अन्य मुलुकबाट अर्डरअनुसार झिकाएर बिक्री गरिरहेकोसमेत उनले जानकारी दिए ।

अहिले कुरिलोको सिजन नभएकाले यसको मूल्य बढ्नु स्वाभाविक हो । तर,किलोमै यति धेरै मूल्य बढ्नु भने स्वभाविक होइन । कालिमाटी फलफूल तथा तरकारी बजारका सूचना अधिकारी विनय श्रेष्ठले कुरिलोको मूल्य सुनेर आफू पनि चकित भएको बताए ।

श्रेष्ठका अनुसार कालिमाटी बजारका केही खुद्रा पसलमा मात्र कुरिलोको बिक्री भइरहेको छ । तरकारी होलसेल बजारमा यसको कारोबार नभएको धेरै भएको उनले बताए । ‘हिजो बजारका केही खुद्रा पसलहरुमा कुरिलोको मूल्य प्रतिकेजी २ हजार ५ सयदेखि ३ हजार ५ सयसम्म थियो । आज के कसरी कारोबार भइरहेको छ त्यो थाहा छैन,’ उनले भने ।

बजार मूल्यले आकाश छुँदा पनि कोरोनाको औषधि भनिएकाले बजारमा यसको माग उच्च रहेको बताइन्छ । ‘कुरिलो जतिसुकै महँगो भए पनि यसले हाम्रो भान्सामा अवरोध पुर्याउँदैन, श्रेष्ठले भने, ‘अहिले आमसर्वसाधारणले खरिद गर्न सक्ने अवस्था छैन । पैसावालाहरुले झन् बढी प्रयोग गरिरहेका छन् ।’

खुद्रा व्यापारीहरुले भारत र अन्य मुलुकबाट अर्डरअनुसार झिकाएर बिक्री गरिरहेकोसमेत उनले जानकारी दिए । कुरिलो वर्षायाममा नेपाली जंगलमा प्रशस्त पाइन्छ । यसको व्यावसायिक खेतीले अझै व्यापकता पाइसकेको छैन ।

उपभोक्ता हित संरक्षण मञ्चले भने कुरिलो बहिष्कार गर्नुपर्ने बताएको छ । १ सय ५० देखि २ सय रुपैयाँमा पाइने कुरिलो २ हजार ५ सयसम्म तिरेर खरिद गर्नु मूर्खता हुने मञ्चका महासचिव विष्णु तिमिल्सिनाले बताए । ‘कि त कुरिलो जीवनबुटी भएको प्रमाणित हुनपर्यो, होइन भने उपभोक्ताले नै बहिष्कार गर्नुपर्छ । त्यत्रो मूल्य हालेर किन्नु मूर्खता हुन्छ’, उनले भने ।

उपभोक्ताले बहिष्कार गरे मूल्य स्वतः घट्दै जाने तिमिल्सिनाको भनाई छ । कोरोना महामारी संक्रमणविरुध्दको औषधिका रुपमा कुरिलोले काम गर्छ भनेर मूल्य बढाउन नमिल्ने उनले बताए । अप्रमाणित हल्ला गरेर भाउ बढाउनु ठगी हुने उनको दाबी छ । नेपालीहरुको छिट्टै आत्तिने बानीले समेत कालोबजारी गर्नेलाई फाइदा पुगेको उनको तर्क छ ।

‘विदेशबाट महंगो मूल्य तिरेर खोप खरिद गर्नुको सट्टा कुरिलोको दोहन रोकेर सरकारीस्तरबाटै व्यवसायीकरण गरे हुन्छ त,साँच्चै औषधि हो भने । नत्र भने भ्रम फैलाएर उपभोक्तालाई खरिद गर्न बाध्य पार्न मिल्दैन । यसबारे सरकार बोल्नुपर्छ’, उनले भने ।

कुरिलोमा पोषण तत्व बढी भए पनि यसले कोरोनाको औषधिका रुपमा काम गर्छ भन्नेबारे भने हालसम्म कतै कुनै प्रमाणित भइसकेको छैन ।

टिप्पणीहरू