​नेपाल चिनारी

सन् २०२० नजिक आउँदै छ । यसवर्ष सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । यसवर्ष २० लाख पर्यटक भिœयाउने योजना छ । त्यसैले सरकार यतिबेला विश्वभरि नेपाल चिनाउने अभियानमा लागेको छ । नेपाल कस्तो देश हो, नेपालमा के के छ, नेपालले के के गर्छ चिनाउन सरकार लागिपरेको छ ।

नेपाल चिनाउन सरकारले प्रयास गरेको त ठिकै हो । तर, यतिबेला नेपाल भने सरकारले चिनाउनै नपर्ने गरी विश्वसामु चिनिँदै जान थालेको छ । अहिले विश्वसामु नेपालको पहिचान बनेको छ, भीडले शासन गर्ने देश । भीडले प्रशासन चलाउने देश । अनि, भीडैले फैसला सुनाउने देश । मान्छे भेला भएपछि प्रहरीले गरेको काम झुट, अदालतको फैसला झुट, कानुन पनि झुट, संविधान पनि झुट । 

नेपाल अहिले विश्वसामु यसरी चिनिँदै जान थालेको छ । भीड जम्मा भएपछि ऐन, कानुन, नीति, नियम केही पनि चाहिँदैन । संसद्को काम भीडले गर्छ । सरकारको काम घुसपैठियाले गर्छ । न्यायपालिकाको काम भाषणबाजले गर्छ । अनि चौथो अंग भनिएको पत्रकारिताचाहिँ फेसबुक र युट्युबरले गर्छ । 

हामीलाई आशा छ, देशको यो नयाँ व्यवस्था हेर्नलाई भए पनि २० लाख पर्यटक आउनेछन् ।

टिप्पणीहरू