​सत्ता हस्तान्तरणको सवाल

  • लीला बराल

एउटा पुस्ताबाट अर्कोमा पार्टी एवं राजकीय सत्ता हस्तान्तरणको विषय आजका दिनमा नेपाली राजनीतिको सबैभन्दा पेचिलो प्रश्न बनेको छ ।
कतैबाट सत्ता बहिर्गमनको प्रश्न उठ्नासाथ अनेक ढंगका प्रयासबाट त्यसमा अडिइरहने प्रवृत्तिले पुस्तान्तरणको स्वाभाविक राजनीतिक प्रक्रियामा जटिलता थप्दै लगेको छ । 

सत्ता सुखको लालचा र शक्तिकेन्द्रित मनोवृत्ति सत्ता हस्तान्तरणको बाधक हो । यदि, त्यसो हुन्थेन भने राज्यसत्ताको बागडोर सम्हालेका प्रधानमन्त्री केपी ओलीले पार्टी सत्तामा समेत मोह देखाइ रहनुपर्दैन । पार्टी सत्ता गुम्ने खतरा देखेरै शेरबहादुर देउवाले कांग्रेसको राजनीतिक भविष्य दाउमा राखेर भए पनि आफ्नो सत्ता सुरक्षा खोजिरहेको जगजाहेर छ । नेताहरूले पार्टी सत्तामा देखाएको अस्वाभाविक मोहले हाम्रो मुलुकमा पार्टी सत्ता बलियो कि राज्य सत्ता भन्ने प्रश्न पनि सवल बनेर उठ्ने गरेको छ । यो नेपालका राजनीतिक नेताको मनोविज्ञानसँग सम्बन्धित विषय हो । यसबारे विज्ञहरूको गहिरो अध्ययन÷अनुसन्धान जरुरी देखिन्छ । जस्तो कि छिमेकी भारतका शक्तिशाली प्रधानमन्त्रीलाई हिजो पार्टीसत्ता चाहिएको थिएन र आज पनि उनको हातमा पार्टीको बागडोर छैन । प्रधानमन्त्रीकै रूपमा उनले आफ्नो मुलुकलाई इच्छाशक्तिले भ्याएसम्म योगदान गरेर देखाउँदै जालान् ।

 अस्ति भर्खरै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका एकजना नेताले एउटा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाएका छन् । स्वच्छ छवि एवं अन्य सबै हिसाबले सवल मानिएका योगेश भट्टराईप्रति देशव्यापी रूपमा समर्थनको लहर पनि देखाप¥यो । उनले पाएको जिम्मेवारी परिपक्व ढंगले निर्वाह गर्छन् र मुलुकको हित उन्नतिमा योगदान दिनेछन् भन्ने नै उनीप्रति देशव्यापी समर्थनको अन्तरवस्तु हो । उमेरले ५४ वर्ष लाग्दै गर्दा पनि युवा नेताको पगरी घिसार्दै योगेशले यो जिम्मेवारी पाउनु बाध्यतावश वा सहज स्वाभाविक जे हो, त्यो छुट्टै मिमांशाको विषय होला । कांग्रेसका अर्का युवा नेता गगन थापाको केही वर्षअघिकै भनाइ सापट लिनुपर्दा ५५ वर्षपछि उनले सक्रिय राजनीतिबाट बिदा लिनेछन् । यदि यो सही हो र योगेशको हकमा दोहो¥याउने हो भने उनको सक्रिय राजनीतिको समय पनि लामो रहने देखिँदैन ।

 तर वामदेव, झलनाथ, प्रचण्ड, केपी, माधव, ईश्वर, नारायणकाजी आदिकै शैली पछ्याउने हो भने त ६८, ७०, ७२, ७५ र त्यसमाथिका वर्षमा पनि कथित सक्रियता कायम राख्न खासै हतार गर्नुपर्ने देखिँदैन । शेरबहादुर, रामचन्द्र, रामशरण, कृष्णप्रसाद, प्रकाशमान, अर्जुननरसिंहलगायत दर्जनौं कांग्रेस नेताले जीवनको पल्लै छेउसम्म पनि आफ्नो राजनीतिक थातथलो नछाड्ने बुझेरै गगन आफ्नो निश्कर्षमा पुगेका हुन् भने नेपाली राजनीतिको स्वच्छता, सवलता एवं गरिमाका दृष्टिले उनको यो निश्कर्ष कालान्तरमा नेपाली राजनीतिक जगत्को एउटा स्मरणीय कदम हुनेछ ।

 ‘बूढो गोरुले गाई ओगटेजस्तो’ भन्ने नेपाली समाजमा एउटा प्रचलित भनाइ छ । गाईलाई गर्भाधान दिन अक्षम तर बहर या साँढेलाई छेउ पर्न पनि नदिने भएपछि गाई थारिनुको विकल्प हँुदैन । नेपाली राजनीति पनि कतै अनुत्पादक वा थारिने दिशातर्फ उन्मुख हुँदै त छैन ? यो संक्षिप्त प्रसंगले वर्तमान राजनीतिको यसै विडम्बनालाई उजागर गर्दै लगेकोे प्रतित हुन्छ । अर्थात् अब बाबुराम, सीपी, पशुपति, प्रचण्ड, केपी, झलनाथ, माधव, ईश्वर, नारायणकाजी, महन्थ, शेरबहादुर, रामचन्द्र, अर्जुननरसिंह, रामशरण, नारायणकाजी मोहनविक्रम, चित्रबहादुरजस्ता दर्जनाँै नेताले आफ्नो राजनीतिक यात्राको पुनरवलोकनसहित हैसियत स्पष्ट गर्न ढिला गर्नु हुँदैन । यी वृद्ध नेताको राजकीय कौशल र क्षमताको भरपुर परीक्षण भइसकेको छ । अब राजनीतिमा यिनको अनुपस्थितिले कुनै खालो सार्नेवाला छैन । यतिचाहिँ वृद्ध नेताहरूले बुझे हुन्छ । फेरि यिनले विगतमा चोखो मनले गरेको योगदानको कदर अकल्पनीय ढंगले भएको छ । अहिले पनि यिनको पेटकट्टी हुँदासमेत सरकारी खर्चमै बाह्य मुलुक लाने गरिएको छ ।

 कि भन्न सक्नुप¥यो, हिजो राजनीतिमा लागेर जेलनेलसहित थुप्रै दुःख–कष्ट व्यहोरेका छाँै, सम्पत्ति गुमाएका छौँ, अनेक हण्डर खाएका छौँ, त्यसकोे साँवा–ब्याज असुलउपर भइरहेको छैन । त्यसकारण अहिले हामी आफ्नो ‘पोजिसन’ बाट टसमस गर्ने स्थितिमा छैनौँ । अथवा हाम्रा छोराछोरीलाई त भनसुन गरिवरि देश÷परदेशमा पढायौँ, लेखायाँै, लाउन, खान पुग्ने सम्पत्तिको जोगाड पनि ग¥याँै, अब नजिकका नातागोताको लागि अलिक केही गर्न बाँकी छ, त्यसैले अहिले प्राप्त पद–प्रतिष्ठा गुमाउन चाहन्नौँ । अर्थात् यो पनि भन्न सक्नुप¥यो कि यो नेपाल राज्य हाम्रा बाबुबाजेको बिर्ता हो, यसमा चाहेसम्मको रजाइँ गर्ने हकबाट हामीलाई अन्तिम सास फेरुन्जेलसम्म कसैले पनि दखल दिन सक्दैन । यति भएपछि बल्ल नेपाली राजनीतिमा बुढेसकाल लाग्दै गरेका युवा नेताहरूले भविष्य सम्झिएर ज¥याकजुरुक गरे भने यसै बिन्दुबाट राजनीतिमा सत्ता हस्तान्तरणको प्रारम्भिक प्रक्रिया थालनी हुन सक्छ । कि त बूढो नेतृत्वले सहज सत्ता हस्तान्तरणका लागि अग्रसर हुनुप¥यो । यी दुवै अवस्थामा पुस्तान्तरण सम्भव देखिन्छ । गतिशील राजनीतिका निम्ति सत्ता हस्तान्तरण अनिवार्य शर्त हो । जति छिटो मुलुकमा यो प्रक्रिया शुरु हुन्छ त्यति नै रफ्तारमा राजनीतिले अथवा प्रकारान्तरमा मुलुकले सुशासन एवं समृद्धिको गति समाउन सक्छ ।

टिप्पणीहरू