​बिग्रेकै बिग्रेका

सरकारको विभिन्न निकायका लागि किनेर ल्याइएका नयाँ गाडी धमाधम बिग्रिन थालेपछि यसमा पनि भ्रष्टाचार भएको आशंका उब्जेको छ । यदि, भ्रष्टाचार भएको छैन भने किन यति चाँडै बिग्रियो ?

बिग्रेकोमा चिन्ता लिनु राम्रो त हो । तर, कुन–कुन कुरा बिग्रेमा चिन्ता लिने अनि कुनमा चिन्ता नलिने ? यसमा भने अन्योलको अवस्था छ । किनभने देशमा अहिले गाडी मात्र होइन, धेरै कुरा बिग्रेको छ । विभिन्न प्रदेशका मन्त्री भनिरहेका छन्, देशमा संघीयता बिग्रेको छ । लोकतन्त्र आएको त्यति धेरै भएको छैन । तर, छोटै समयमा लोकतन्त्रसमेत बिग्रिसकेको छ । 

गणतन्त्र त हाम्रालागि अत्यन्तै नयाँ हो । तर, नयाँ भनेर के गर्नु, त्यही नयाँसमेत बिग्रिसकेको छ । गणतन्त्र ल्याउँदा पनि कमिशनको खेल भएको थियो कि ? सरकारमा मन्त्रीहरूको बानी बिग्रेको छ । संसद्मा सांसदको बानी बिग्रेको छ । मन्त्रालयमा कर्मचारीको अनुशासन बिग्रेको छ । 
बिग्रेका कुरा धेरै छन् । खालि गाडी बिग्रेकोमा चिन्ता लिएर के गर्नु ? 

टिप्पणीहरू