​बन्द फेरि बन्द

गत साता देशैभरि बाढी पहिरोले तबाही मच्चायो । त्यो विध्वंश जारी छ । बाढी आएपछि डुबान हुन्छ । डुबान भएपछि सबैको ध्यान कोशी ब्यारेजतिर पुग्छ । किनभने यही कोशी ब्यारेजले गर्दा नेपालको भूमि डुबानमा पर्ने हो । यसपालि पनि डुबानमा प¥यो । धेरै भूमि डुबानमा परेपछि कोशी ब्यारेजका धेरै ढोका खोलिए । तर तुरुन्तै भारतबाट आदेश आयो, ढोका किन खोलेको, तुरुन्त बन्द गर ! 

भारतको यो निर्देशन आएपछि लाग्यो, हैन यो भारतको काम भनेको नेपालमा जे पनि बन्द गर्ने मात्रै हो कि क्या हो ? अस्ति तरकारीको विषादी परीक्षण बन्द गरायो, अहिले कोशी ब्यारेजको ढोका बन्द गरायो । 

नेपालमा भारतले यो भन्दा पहिले पनि धेरै पटक धेरै कुरा बन्द गराएको छ । कहिले नाका बन्द गराउँछ, कहिले पेट्रोल बन्द गराउँछ, कहिले ढुवानी बन्द गराउँछ, कहिले यातायात बन्द गराउँछ, कहिले बन्दरगाह बन्द गराउँछ । 

सधैँ बन्द, जे गरे नि बन्द । हैन भारतले यो बन्दको संस्कृतिचाहिँ कहिले बन्द गर्छ हँ ?

टिप्पणीहरू