​विगतको इन्काउन्टर

संसद्मा यतिबेला एउटा प्रश्न खडा भएको छ, नेत्रविक्रम चन्द विप्लव समर्थित नेता कुमार पौडेलको मृत्यु इन्काउन्टर हो कि हत्या ? सरकार भन्छ, इन्काउन्टर हो । विपक्षी भन्छ, होइन यो त हत्या हो ।

गृहमन्त्री रामबहादुर थापा बादल पूर्ण आत्मविश्वाससाथ भनिरहनुभएको छ, यो इन्काउन्टर नै हो । अर्थात् दोहोरो भिडन्त । दोहोरो भिडन्त हुँदा एकातिर त कोही न कोही मर्नै पर्छ । पौडेल मरे । 

गृहमन्त्री थापाले यसो भनिरहँदा विपक्षीहरू आरोप लगाउँदै छन्, उहाँले विगत भुल्नुभयो । विगतमा उहाँका कार्यकर्ता पनि यसरी नै मारिएका थिए । के ती सबै इन्काउन्टर हुन् ?

तर अब यो समयमा विगत सम्झेर के गर्नु ? उहाँहरू सबै कुरा बिर्सेर अगाडि बढ्न चाहनुहुन्छ । विगत बिर्सौं र अगाडि बढौं भनेर नै सरकारले सत्य निरुपण आयोग र बेपत्ता छानबिन आयोग गठन गरेको हो । आफूले अरुलाई विगत छोडौं भन्ने, अनि अहिले आफैचाहिँ विगत सम्झेर बस्ने ? यो त मिलेन नि होइन ? 

टिप्पणीहरू