एक पार्टी दुई विचार

पार्टी एकतापछि नेपाल कम्युनिष्ट पार्टीभित्र विचारको विवाद शुरु भएको छ । खासगरी दिवंगत नेता मदन भण्डारी एवं जीवराज आश्रितको पुण्यस्मृतिमा आयोजित कार्यक्रममा बोल्दै नेताहरूले विचारको विवाद झिकेका हुन् । एकीकृत नयाँ पार्टीमा मदन भण्डारीको बिचार राख्ने कि फाल्ने ? प्रचण्डपथलाई समाउने कि त्याग्ने ? बडो असमञ्जसको अवस्था छ । 

यो स्वाभाविक पनि हो । किनभने दुइटा पार्टी एकीकृत भएपछि त्यहाँ विचार पनि दुइटा नै देखा पर्छ । दुई पार्टी एकीकृत भए पनि जसरी अध्यक्षहरू दुइटा निस्के, त्यस्तै विचारहरू पनि दुइटै निस्के । एउटा पार्टीमा दुइटा बिचार निस्किनु गाह्रै काम हो । 

तर काम गा¥हो भए पनि यसको समाधान भने गा¥हो छैन । किनभने दुइटा पार्टी एकीकरण भएपछि उत्पन्न भएका दुई नेतालाई पार्टीले कति राम्ररी व्यवस्थापन ग¥यो हामीले देखिहाल्यौँ । दुई नेता आएपछि पार्टीमा अध्यक्ष पनि दुइटै राखियो । पार्टी एउटा, अध्यक्ष दुइटा । सिष्टमै नयाँ । अब पार्टीमा देखापरेको दुइटा बिचारलाई पनि त्यसरी नै व्यवस्थापन गरौँ । पार्टी एउटा भए पनि विचारचाहिँ दुइटै राखौँ । सिद्धान्त दुइटा । विचार पनि दुइटा । के फरक पर्छ ? दुइटा अध्यक्ष हुँदा त फरक परेन, दुइटा विचार हुँदा फरक पर्छ ? 

टिप्पणीहरू