बालबिबाह न्यूनीकरणका लागि मतदान कति ठीक ?

बालबिबाह न्यूनीकरणका लागि मतदान कति ठीक ?

नेपालका विभिन्न ठाउँमा अझै पनि बालविवाह हुने गरेको पाइन्छ । सरकारले बालविवाह विरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आए पनि यो अझै रोकिएको छैन ।

मुलुकको तराइदेखि पहाडसम्म कतिपय स्थानमा बालबिबाह अझै प्रचलनमा रहेको छ । सोही सन्दर्भमा बालबिबाह न्यूनीकरणका लागि दार्चुलाको मालिकार्जुन गाउँपालिकामा मतदान गरिएको छ । उमेर नपुग्दै बिबाह गर्ने क्रम बढ्दै गएको भन्दै गाउँपालिकामा बालबिबाह न्यूनीकरणका लागि मतदान भएको हो ।

मालिकार्जुन गाउँपालिकालाई आगामी २०८० सालभित्र बालबिबाहमुक्त घोषणा गर्ने लक्ष्य राख्दै गाउँपालिकाले बि.सं २०७६ मा बालबिबाह अन्त्यका लागि स्थानीय रणनीति तयार गरेको थियो ।

सोहीअनुरुप बालबिबाह न्यूनीकरणसम्बन्धी सचेतना प्रदान गर्न गाउँपालिकाका विभिन्न विद्यालयमा मतदान गरिएको बताइएको छ । उक्त कार्यक्रमले धेरैमा बालबिबाह गर्न नहुने सचेतना पुगेको गुड नेवर्स इन्टरनेशल नेपालका प्रायोजित सेवा तथा बाल संरक्षण सहायक टिकाराम चौधरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बालबिबाह न्यूनीकरणका लागि गरिएको मतदान कार्यक्रमले धेरैमा सचेतना पुगेको छ । यहाँसम्मकी विवाह गराउने लमीमा पनि उमेर नपुगी विवाह गराउन हुँदैन है, नत्र कानुनी सजायमा पर्न सकिन्छ भन्ने सन्देश पुगेको छ ।’

संयोजक टिकारामले गुड नेवर्स इन्टरनेशल नेपालले मतदानका लागि आवश्यक बजेट छुट्टाएको जानकारी दिनुभएको छ । उहाँले विपक्षमा शतप्रतिशत मत आउँछ भन्ने आशा राखे पनि केहीले पक्षमा मत हालको बताउँदै पराम्परासँग गाँसिएका पुराना पुस्ताका अभिभावकले पक्षमा मत हालेको हुन सक्ने बताउनुभयो ।

डिसेम्बर महिनामा वडा नम्बर ८ स्थित शंकरपुर माध्यमिक विद्यालय र वडा नम्बर ६ स्थित सरस्वती माध्यमिक विद्यालयलाई बालबिबाहमुक्त क्षेत्र घोषणा गर्ने योजना रहेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

बालसंरक्षणको समायोजकत्वमा पलिकालाई बालबिबाहमुक्त घोषणा गर्ने भनिएको भए पनि कोरोनाका कारण अघिल्लो पटक कार्यक्रम रोकिएको थियो । तर अहिले कोरोना कहर केही हदसम्म कम भएकाले पलिकाले बालबिबाहमुक्त क्षेत्र घोषणा गर्ने योजना बनाएको हो ।

तर, बालबिबाह जस्तो अक्षम्य कार्यलाई ठीक कि बेठीक भन्नु नै गलत भएको विज्ञहरु बताउँछन् । समाजलाई सशक्तिकरण गर्ने अन्य विभिन्न उपाय छन् । बालबिबाहलाई कसैले पनि ठीक भन्नै नमिल्ने भएकाले दुर्गम भेगमा हुने गरेका यस्ता कार्यक्रमको औचित्य र उपादेयताको बारेमा पनि सोच्नुपर्ने देखिएको छ ।

टिप्पणीहरू