भीरबाट जीप खस्दा सवारी धनीको ज्यान गयो

भीरबाट जीप खस्दा सवारी धनीको ज्यान गयो

दाङमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । दाङको बबइ गाउँपालिका–२ एक्लेबरमा आज बिहान भएको जीप दुर्घटनामा सवारी धनी देबबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेकाअनुसार तीव्र गति र ओभरलोडका कारण जीप अनियन्त्रित भएर सडकबाट दुई सय मिटर तल खोलामा खसेको हो । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारको लागि काठमाण्डौं पठाइएको काफ्लेले जानकारी दिनुभयो ।

जीपमा सवार २१ मध्ये चालकको अवस्था सामान्य छ । हाल उनी प्रहरी नियन्त्रणमा छन् । दुर्घटनामा घाइते अन्य १७ जनाको अहिले राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पणीहरू