लागुऔषधसहित पक्राउ परेका संक्रमित फरार, आज फेरि समातिए

लागुऔषधसहित पक्राउ परेका संक्रमित फरार, आज फेरि समातिए

प्रहरीले नाईट्राभेट नामक लागुऔषधसहित पक्रेका कोरोना संक्रमित फरार अभियुक्तलाई आज पुनः समातेको छ । सोमबार दिउँसो चन्द्रागिरी नगरपालिका २, नागढुङ्गामा प्रहरी चेकजाँचको क्रममा लुकाएर ल्याएको लागुऔषध सहित समातिएका उनलाई कोरोना देखिएपछि राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्रको आईसोलेशनमा राखिएको थियो ।

तर, दिउँसै त्यहाँबाट भागेपछि आज उनलाई पुनः पक्रन प्रहरी सफल भएको बताइएको छ । हिजो उनी धादिङबाट काठमाडौ आउँदै गरेको ना.७ ख ९५५ नम्बरको यात्रुबाहक बसबाट उक्त परिणामको लागुऔषधसहित समातिएका थिए ।

सिन्धुलीका मरिण गाउँपालिका ७, बस्ने १९ वर्षे राहुल तामाङ हिजो दिउँसो खाजा खाने समयमा उनी आइसोलेशन सेन्टरबाट भागेका थिए । झोलामा लुकाएर ल्याएको ४ सय ५९ ट्याब्लेट नाईट्राभेटसहित समातिएका उनलाई प्रहरी वृत थानकोटले महानगरीय प्रहरी वृत्त, कीर्तिपुरको जिम्मामा रहने गरि राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्रको आईसोलेशनमा सुरक्षाकर्मीसहित राखिएको बताइएको छ ।

महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका प्रहरी नायव निरीक्षक ठाकुर पोखरेलकाअनुसार फरार तामाङलाई आज अपरान्ह कालिमाटीबाट समातिएको हो ।

१८ वर्षे ठिटोको झोलाभरि लागुऔषध

सिरहामा झोल्लाभरि लागुऔषध बोकेर हिँड्दै गरेका एक किशोर आज बिहान पक्राउ परेका छन् । भगवानपुर गाउँपालिका ३, गैरसाहस्थित सडकमा हिँड्दै गरेका किशोरको साथबाट चार किसिमका लागुपदार्थ फेला परेपछि समातिएको हो ।

स्थानीय १८ वर्षीय किशोरको साथबाट ४० ट्याब्लेट नाइट्राभेट,२ एम्पुल फेनारगत,२ एम्पुल नोफिन र २ एम्पुल डाइजेपाम फेला परेको हो । प्रहरी चौकी ठाडीबाट खटिएको टोलीले शंका लागेर जाँच गर्ने क्रममा ती किशोरलाई लागुऔषधसहित फेला पारेको हो ।

 

टिप्पणीहरू