बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १०० नाघ्यो,११ सय बढी घरपरिवार विस्थापित

बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १०० नाघ्यो,११ सय बढी घरपरिवार विस्थापित

आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १०० नाघेको छ । आज दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा १ नम्बर प्रदेशमा ६०,बागमती प्रदेशमा एक,कर्णाली प्रदेशका ७ र सुदूरपश्चिम प्रदेशका ३१ जना गरी जम्मा १ सय १ जना रहेका छन् ।

यस्तै, १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् ।

बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीका कारण २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर,८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ३९ वटा पशु चौपायाको मृत्यु भएको छ भने विपद्‍का घटनाबाट १ हजार १ सय ७७ वटा घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू