चितुवाको छाला बोक्ने पक्राउ

चितुवाको छाला बोक्ने पक्राउ

चितुवाको छालासहित सुर्खेतमा एक जना पक्राउ परेका छन् ।

जिल्लाको गुर्भाकोट नगरपालिका–३, कुरिलेमा ७ फिट ६ इञ्च लम्बाई भएको एक थान चितुवाको छालासहित सोही स्थानका ३६ वर्षीय वीरेन्द्रकुमार खत्रीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बोटोचौरबाट जाजरकोटतर्फ जाँदै गरेको भे।४प ४८८७ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय छिञ्चुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लुकाएर ल्याएको अवस्थामा उक्त छालासहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।

टिप्पणीहरू