लेखनदासले सुब्बामाथि मुठ्ठी कसेपछि मालपोतमा बबाल

लेखनदासले सुब्बामाथि मुठ्ठी कसेपछि मालपोतमा बबाल

मालपोत कार्यालय धादिङका एक जना नायव सुब्बामाथि लेखनदासले दुर्ब्यवहार गरेपछि नेपाल निजामती कर्मचारी युनियनले आपत्ति जनाएको छ ।

धादिङस्थित मालपोत कार्यालयमा एक कर्मचारीमाथि भएको दुर्व्यहारको घटनाप्रति नेपाल निजामती कर्मचारी युनियनले आपत्ति जनाएको छ । लेखापढी व्यवसायीले सुब्बामाथि दुर्ब्यवहारको प्रयास गरेकोमा आपत्ति जनाउँदै युनियनले कानुनी कारबाहीको माग गरेको हो ।

सुब्बा महेन्द्र पोखरेलमाथि लेखापढी व्यवसायीले गालीगलौज तथा हातपातको प्रयास समेत गरेको युनियनले बताएको छ ।

युनियनले राष्ट्रसेवक कर्मचारीहरुको आत्मसम्मानमा आँच पुग्नेगरी भएको घटनाका दोषीलाई कारबाही गरी कर्मचारीको मनोबल उच्च बनाउन समेत माग गरेको छ ।

टिप्पणीहरू