पारस निर्मल निवासमा,हिमानी बैंककमा

पारस निर्मल निवासमा,हिमानी बैंककमा

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणबाट निको भए पनि अहिलेसम्म तङ्ग्रिन सक्नुभएको छैन । पूर्वरानीको हालत पनि उस्तै रहेको बताइन्छ । उहाँहरू दुवैजना झण्डै दुई महिनादेखि निर्मल निवासबाट बाहिरिनुभएको छैन ।

गत बैशाखको पहिलो साता भारतको कुम्भ मेलाबाट फर्केपछि पूर्वराजा र रानी दुबै जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । छोरी प्रेरणासहित संक्रमित भएपछि एकै चोटी तीन जना थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो ।

अघिल्लो सातादेखि अलि सक्रिय हुन थाल्नुभएका पूर्वराजा निर्मल निवासमै रहे पनि यसबीच पूर्वयुवराज पारस शाहको बसोबास समेत त्यहिँ हुन थालेको बताइन्छ । लामो समय पोखरामा बसेर थरिथरिका गतिविधिमा जोडिएका उनी ‘पिताजीको गाथमा आराम नभएको’ भन्दै निर्मल निवास पुगेका हुन् ।

तर लामो समयदेखि श्रीमान, श्रीमती अलग्गै बसेका पूर्वयुवराज तथा पूर्वयुवराज्ञीबीच यस पटक पनि निर्मल निवासमा सङ्गै बस्ने मेसो नमिलेको स्रोतले बताएको छ । हिमानी छोरीसँगै बैंककमा बस्न थाल्नुभएको छ ।

उता छोरी प्रेरणा शाह सिंहको पनि घरमा ठाकठुक परेको आँकलन गरिएको छ । ज्वाईं राजबहादुर सिंहले आर्थिकदेखि पारिवारिक बिश्वाससम्ममा घात गरेपछि प्रेरणा छुट्टै बस्न थालेको बताइन्छ ।

उता नागार्जुनस्थित ग्रीष्मकालीन दरबार पनि पछिल्लो समय पूरै खाली भएको छ ।

टिप्पणीहरू